
काठमांडौ, कार्तिक २ । चिनिया राष्ट्रपति सि जिंग पिंगको राजकीय नेपाल भ्रमण पछी बिश्व बजारमा एक किसिमको तरंग उत्पन्न भएको छ । विशेष गरी भारतीय संचारमाध्यमहरूले नेपालको सि जिंग पिंगलाई स्वागतको तयारी र चीनसंग भएका दुई पक्षीय साझेदारीको तरंगले त्रसित हुदै नेपाल अब चीनको आडमा आर्थिक विकाससहित बिश्व अर्थतन्त्रमा ऊदाउने जस्ता अडकल समेत लगाएका छन । सिको नेपाल भ्रमणले नेपाललाई बिबिध बहानामा दुःख दिईरहने भारत भने हच्किएको छ ।

यसै सन्दर्भमा दुई देश बिचको सामीप्यतालाई अझ बढ़ावा दिन र दुई देश बिच पर्यटन प्रबर्धन र सामाजिक तथा सांस्कृतिक परिवर्तन( Cultural Exchange) गरी नेपालको पर्यटन प्रबर्धनको लागी चीनीया कलाकार तथा सिलिब्रेटी Xu Qing ( Summer Qing ) लाई आज भ्रमण बर्ष २०२० को सदभावना दुतको रूपमा नियुक्त गरेका छन । सिको नेपाल भ्रमणमा गरीएका बिधुत विकास, रेलमार्ग, सुरूँगमार्ग लगायतका महत्वपूर्ण साझेदारी गरेका नेपालले चिनिया कलाकारलाई भ्रमण वर्ष २०२० को सदभावना दूत नियुक्त गरेसंगै नेपाल र चीन बिचको सम्बन्धले नया ऊचाई लिएको बुझ्न सकिन्छ ।

निबर्तमान मन्त्रि स्वर्गीय रवीन्द्र अधिकारीले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई तार्किक निष्कर्षमा पूर्याई नेपालमा पर्यटन क्षेत्र मार्फ़त नेपालको आर्थिक उन्नति र लक्ष्य हासिल गर्ने उद्देश्यका साथ आज मन्त्रालयमा बिशेष कार्यक्रम आयोजना गरी चीनीया कलाकार तथा सिलिब्रेटी Xu Qing ( Summer Qing ) लाई आज भ्रमण बर्ष २०२० को सदभावना दुतको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

ऊनी चीनका प्रसिद्ध कलाकार हून । उनको सामाजिक संजाल Weibo मा करिब १ करोड ६० लाख मानिस हरुले फछ्याएकी, हलीउड लगायत अन्तरास्ट्रिय मंचहरुमा बिशेषरुपमा चिनारी भएकी चीनीया कलाकार तथा सिलिब्रेटी Xu Qing ( Summer Qing ) हून । वहाँको Vlog लाई भने १ अर्ब १३ करोड्ले visit गरेको देखिन्छ ।

Xu Qing लाई भ्रमण वर्ष २०२० को सदभावना दूत नियुक्त गरेसंगै नेपालमा चिनिया पर्यटक बढ़ने आकलन गर्न सकिन्छ । उनलाई पर्यटन मन्त्रि योगेश भट्टराईले मायाको चिनो र फूलको गुच्छा दिएर स्वागत गरेको थियो भने पर्यटन मन्त्रालयको तर्फबाट सदभावना दूतको प्रमाणपत्र समेत दिएका थिए ।

