सांसदलाई दसैं भत्ता दिनुभन्दा भेन्टिलेटर किन्न जनार्दन शर्माको सुझाव, गोकर्ण बिष्टले भत्ता फिर्ता गरे

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  610 पटक हेरिएको

काठमाडौँ, कार्तिक ३ ।

नेकपाका सांसद जनार्दन शर्माले कोरोना भाइरस (कोभिड-१९)को महामारी चलिरहेको बेला सांसदहरूलाई भत्ता दिने रकम भेन्टिलेटर किन्न लागि खर्च गर्नुपर्ने बताएका छन् । उनले आफूले पाएको दसैं भत्तावापतको रकम एक बिरामीको उपचारमा खर्च गर्ने पनि जानकारी दिएका छन् ।

संघीय सांसद र प्रदेश सभा सदस्यहरूले दसैं भत्ता वापतको रकम लिएको भन्दै आलोचना भइरहेको बेलामा सांसद शर्माको उक्त धारणा आएको हो । प्रतिनिधिसभा सदस्य शर्माले ट्विटरमा लेखेका छन्, ुकोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दसैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं ।

सांसद शर्माले आफूले पाएको दसैं भत्तावापतको रकम भेन्टिलेटरमा राखेर उपचार गर्नु परेक बिरामीलाई दिने जानकारी दिएका छन् । उनले लेखेका छन्, दसैं भत्तास्वरुप आएको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।

यसअघि नेकपाका नेता भीम रावलले पनि आफूले प्राप्त गरेको दसैं भत्ता वापतको रकम फिर्ता गर्ने घोषणा गरिसकेका छन् । संघीय संसद सचिवालयले प्रत्येक सांसद र संसदका पदाधिकारी तथा सांसदका स्वकीय सचिवहरूलाई प्राप्त गर्दै आएको एक महिनाको पारिश्रमिक जत्तिकै रकम दसैं भत्तावापत बैंक खातामा जम्मा गरेको थियो । यस्तै नेकपाका सांसद तथा पूर्व मन्त्रि गोकर्ण बिष्टले भने आफुले पाएको दशै भत्ता फिर्ता गरीसकेका छन । उनले आफुले पाएको दशै भत्ता सांसद सचिवालयमा बुझाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार