
काठमाडौं, कात्तिक २। जर्बजस्ती करणीको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा १ महीना देखी प्रहरी हिरासतमा छन । उनी हिरासतमा रहेकामध्ये सबै भन्दा भीआइपी थुनुवा हुन् । पछिल्लो समय सरकार र प्रहरी प्रशासन अपराधीसामु शून्य सहनशीलता अपनाईरहेको अवस्थामा पछिल्लो समय बिभिन्न पार्टीका सांसदहरूलाई पनि उनी माथि परेको ऊजुरीको आधारमा हिरासतमा लिई अनुसन्धान थालीरहेका छन ।

यसै क्रममा प्रहरीले महरासँग पटक पटक बयानको प्रयास भएपनि प्रहरी सफल हून सकेको छैन । संबिधान र अपराध अनुसंधान कानुनमा समेत अपराधीले बयान नदिन पनि सक्ने प्राबधानका कारण महराले बयान दिन अस्वीकार गरेका हून ।
उनलाई बयानका लागि टेकुस्थित महानगरीय प्रहरी परिसर लानखोज्दा स्वास्थ्यमा खराबी भएको भनेपछि नर्भिक अस्पताल पुर्याइएको थियो । उनीसँग अस्पतालमा बयानको प्रयास गरिएपछि सीसीयूमा पुर्याइयो । जति जति महरासँग प्रहरी बयान लिन खोज्छ उति उति उनको स्वास्थ्य बिग्रदै जाने गरेको छ ।
रोशनी शाहीमाथि जर्बजस्ती अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले मौनता साँधेका छन् । उनले प्रहरीसँग बयान दिन नमान्नुमा घटनाबारे धेरै विषय बाहिर आउने र आफू कानुनी रुपमा कमजोर हुनसक्ने भएकाले पनि हो । उनका कानुन व्यवसायीले स्वास्थ्य ठिक भएपछि बयान दिने भनेपनि महराले जे बोल्ने अदालतमा बोल्ने रणनीति बनाइसकेका छन् ।
शुक्रबार उनको बयान लिने प्रयास सफल भएन । यसै हप्ताको शुरुतिर महरालाई बयानका लागि महानगरीय प्रहरी परिसर टेकु लाँदै गर्दा उनले स्वास्थ्यमा समस्या रहेको बताए । त्यसपछि उनलाई नर्भिक अस्पताल लगियो जहाँ उनलाई भर्ना गरियो । महराले एक हप्ताबीच पटक पटक बयान दिन अस्वीकार गरेका छन् ।
स्वास्थ्य अवस्थाका कारण बयान दिन असमर्थता जनाएका महराले उच्च रक्तचापको कारण अस्पतालमा हाल बसेको कोठाबाट सीसीयूमा सरेका छन् । नर्भिक अस्पतालको आइसीयूमा रहेका महरा अदालतमा लगिंदा सामान्य अवस्थामा थिए । दुई दिनमै उनको स्वास्थ्यमा समस्या आएको बताइएको छ ।
महराले बयान टार्न खोजेका छन् । उनी यसबारे बोल्न मानेका छैनन् । उनीमाथि रोशनी शाहीले अभियोग दर्ता गरेकी छिन् । तर, शाही पनि महराकै पक्षमा देखिन्छिन् । उनको भनाईहरु बदलिने गरेको छ ।
बयानकै आधारमा अदालतले फैसला गर्ने हो भने महरामाथि प्रमाण जुटाउन कठिन हुन्छ । पीडित भनिएकी रोशनी शाही नै महराको पक्षमा देखिएकी छिन् । उनी महरालाई निर्दोष भन्दै आएकी छिन् ।
बयानका आधारमा नभई दशी प्रमाणका आधारमा बढ्दा फोरेन्सिक जाँच देखि डिएनए टेष्टसम्म जानुपर्ने हुन्छ । सीसीटीभी फुटेज देखि फिंगरप्रिन्ट सम्मको विषय आउनसक्छ । प्रहरीको अन्तिम प्रयाससम्म पनि असफल भएमा प्राविधिक टेष्टमा जाने मनसायमा देखीन्छ ।
