उपबिजेता बनेका साफ चाम्पियनसिप खेलाडीहरूलाई प्रति ब्यक्ति ५/५ लाख पुरस्कार दिने सरकारको घोषणा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  344 पटक हेरिएको

काठमाडौं, कात्तिक २ ।   

सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई जनही ५-५ लाख रुपैयाँ प्रोत्साहन बापतको पुरस्कारराशि उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३-० ले पराजित भएपछी उपाधिबाट चुकेपछी नेपाल उपविजेतामा सिमित रहृयो ।

नेपाली टोली सोमबार मात्र नेपाल फर्किएको हो । नेपाल फर्किएका नेपाली फुटबल टिमलाई स्वागत गर्न मन्त्री स्वयम एयरपोर्ट पुगेका थिए ।

   

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार