एन आर एन अन्तर्राष्ट्रिय समन्वय परिषदले आफ्नो म्याद थप्ने व्यवस्था संघको विधानको कुनै दफामा छैन, डा.बलराम श्रेष्ठ

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  474 पटक हेरिएको

 

जापान, कार्तिक १ । 

एन आर एन अन्तर्राष्ट्रिय समन्वय परिषदले आफ्नो म्याद थप्ने व्यवस्था संघको विधानको कुनै दफामा नभएको जापानबाट अन्तराष्ट्रीय वकिल बलराम श्रेष्ठले बताएका छन । हाल आइसीसीको म्याद ६ महीना थप गर्ने निर्णय गरेसंगै उक्त भनाई सार्वजनिक गरेका हुन । जापानको एनसीसीको निर्वाचन पद्धति र त्यहा भएको एमआइएस सिस्टमको चरम दूरुपयोग गरेको भन्दै त्यसको बिरोध गर्दै आएका डा. श्रेष्ठले एनसीसी र प्रतिनिधि छनोटको विवाद समाधान नगरी केन्द्रीय महाधिबेशन गर्न नहुने माग राखदै आएका छन ।

गैर आबासीय नेपाली संघ को बिधान २००३ हालैको संसोधन को दफा १३ को २ ले अन्तराष्ट्रिय समन्वय परिषद को म्याद थप्ने व्यवस्था कहिँ कतै गरेकै छैन केवल अन्तराष्ट्रिय समन्वय परिषद्को साधारण सभा गर्न नसकिने कारण भए सो कारण प्रस्ट उल्लेख गरेर बहुमतले निर्णय गरेर मात्र महाधिबेशन गर्न मिति पछि सार्न वा स्थगित गर्न सकिने छ भनिएको हो ❘महाधिवेशन पछि सार्न वा स्थगित को अबधि ६ महिना भन्दा बढी हुने छैन भनेर प्रस्ट भनिएको छ ❘ आई सिसि को कार्यकाल थपिने कहिँ कतै भनिएको छैन ❘ आई सिसि को समयाबधि थप्ने ब्यबस्था कहिँ छदै छैन केवल महाधिबेशन को मिति पछि सार्न वा स्थगित गर्ने मात्र बनेको दफा १३ को २ हो अन्यथा यसले भन्दैन ❘त्यसैले आज मिति २०२१ अक्टोबर १८ को साझ १२ बजे राति बाट बर्तमान कार्यसमितिको कार्यकाल समाप्त हुन्छ ❘ किनभने अन्तर्राष्ट्रिय समन्वय परिषदले मिति तोकेर प्रस्ट र उचित कारण प्रस्तुत गरेर अन्तर्राष्ट्रिय समन्वय परीषदको महाधिबेशन को मिति न तोकेको र बहुमत बाट पछि सारेको पनि छैन र स्थगित गरेको पनि छैन ❘

यो भनेको अन्तर्राष्ट्रिय समन्वय परिषदमा चरम समस्याग्रस्त हुनु हो अब सम्रक्षक मण्डलले १६ (१) ४ बमोजिम सम्पूर्ण रास्ट्रिय परिषद को अध्यक्षहरुको भेला गरेर अभिबभाबक्त्व ग्रहण गरेर सस्थाको साख लाई स्रम्रक्षण गर्दै सस्थाको समस्यालाई शान्तिपूर्ण समाधान गर्न अग्रसर हुनु जरुरी छ ❘ अन्तर्राष्ट्रिय समन्वय परिषद बिघटन हुदैमा स्रमक्षक परिषद बिघटन हुदैन ,सरमक्षक परिषद भनेकै समस्या पर्दा सम्रक्षण दिनको लागि हो त्येसैले अर्को बैधानिक अन्तर्राष्ट्रिय समन्वय समिति बैधता नहुन्जेल सम्म सम्रक्षक परिषद कायम रहि रहन्छ र यसले सस्था लाई जिबन्तता दिने काम गर्नु पर्दछ ❘

डा.बलराम श्रेष्ठ

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार