नेपाल आदिबासी जनजातिहरुको प्रथम बिश्वसम्मेलन प्रज्ञा भवनमा सुरु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  689 पटक हेरिएको

काठमांडौ, कार्तिक १ । बिश्वभरी छरीएर रहेका नेपाल आदिवासी जनजातिहरूको छाता संगठन नेपाल आदिबासी जनजाति महासंघको आज काठमांडौको राष्ट्रीय सभा गृहमा बिश्वबाट आउनु भएका प्रतिनिधिहरूको उपस्थितिमा पहिलो बिश्व सम्मेलन जारी छ ।

एनआरएनए, आईसिसिको निर्वाचनको लागी नेपाल आएका जनजातिका प्रतिनिधिहरू उक्त कार्यक्रममा सहभागी भएका छन । नेपाल र नेपालीहरूको पहिचानको आधार जनजातिहरुको कला, संस्कृति सहितको झांकीका साथ सुरु भएको जनजाति महासंघको प्रथम सम्मेलन नेपाली राजनीतिका शीर्ष नेताहरुको पनि सहभागी रहेको छ ।

उक्त कार्यक्रममा नेपाल आदिबासिका भात्रि संस्थाहरूले आ-आफ्नो जातीय पहिचानका साथ राई, लिम्बू, सुनुवार र अपांग महासंघले आ-आफ्नो प्रस्तुति देखाएको छ । कार्यक्रम भने आज बिहान ११ बजेबाट राष्ट्रीय सभा गृहमा शुरू भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार