साफ च्याम्पियनसिप उप बिजेता नेपाली टोली स्वदेश फर्किए, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजद्वारा स्वागत

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  442 पटक हेरिएको

काठमाडौं, कात्तिक ३१ ।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए ।

उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

माल्दिभ्समा भएको साफमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो । तर फाइनलमा भारतसंग ३-० ले पराजित हुँदै उपविजेतामा सिमित भयो । आज स्वदेश फर्किएका खेलाडीहरूको स्वागतमा बिमानस्थलमा बाक्लो सर्वसाधारण तथा फुटबल प्रेमीहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार