अमेरिका, अक्टोबर १७ । विश्वभरी छरीएर रहेको नेवार समुदायको साझा संस्था नेवाः अर्गनाइजेशनले बिदेशमा रहेको नेवार समुदायले कला, संस्कृति र भेषभुषाको बिदेशी सामु प्रचारप्रसारगर्दै आईरहेको छ। नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरले अक्टोबर २८ सोमबार म्हः (आत्मा) पूजाको आयोजना गर्न लागेको छ ।
लेकवुड शहरको मेहफिल रेस्टुरेन्ट एण्ड ब्यान्केटमा साँझ ६ बजे देखि १० बजे सम्म) हाम्रो पर्व, हाम्रो संस्कृति, हाम्रो परिचयको रुपमा कार्यक्रम शुरु हुने अध्यक्ष बिमल श्रेष्ठले जानकारी दिए। पुजामा सहभागी हुनको लागि पहिले नै संस्थामा सम्पर्क गरि स्थान बुक गर्न अनुरोध गरेको छ।
म्हः पूजा अर्थात् स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदायको ठुलो पर्व हो । नेवारी भाषामा म्हःको अर्थ शरीर भएकोले म्हः पूजालाई शरीर पूजा पनि भनिन्छ । यस दिन परिवारको प्रत्येक सदस्यलाई घरमूलीले पूजा गर्ने चलन छ । संसारमा सबैभन्दा ठुलो आत्मा हो, आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ । प्रवासमा नेपाली कला संस्कृतको जगेर्ना गर्दै भावी पुस्तालाई समेत आफ्नो संस्कृति प्रति सु–सूचित गराउने उद्द्देस्यका साथ संस्थाको स्थापना देखि नै म्हः पूजाको आयोजना गर्दै आइरहेको संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।
स्थापना देखि लस एन्जल्समा धर्म संस्कृति जोगाउने यस कार्यक्रम गर्दै आइरहेको संस्थाले यस बाहेक रक्तदान, इन्द्रजात्रा, क्वाटी पुन्ही, यमरि पुन्हि लगायतका कार्यक्रम समेत गर्दै आएको छ ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस् ।