कुमार पन्त १११ मतले विजयी, महासचिव भने आचार्य प्यानलका डा. हेमराज शर्मा निर्बाचित (नामावली सहित)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  981 पटक हेरिएको

काठमाडौं कार्तिक, १ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई १११ मतले उछिन्दै उनी आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । बिहीबार भएको निर्वाचनको शुक्रबार सार्वजनिक मतपरीणाम मिश्रित नतिजा आएको छ तरपनि पदाधिकारीमा कुमारको बहुमत देखिएको छ ।

कुमार पक्षको उपाध्यक्षमा एकलौटी भएको छ । उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् । महासचिवमा भने कुल आचार्य पक्षका डा. हेमराज शर्मा विजयी भएका हुन् । 

एनआरएनको ९औ अधिवेशनवाट निर्वाचित भाईटल पोष्टका पदाधिकारीहरू यस प्रकार रहेको छ ।
१. अध्यक्ष:- कुमार पन्त
२. उपाधायक्ष:- वद्री केसी
३. उपाध्यक्ष:- अर्जुन कुमार श्रेष्ठ
४. उपाध्यक्ष:-सोनम लामा
५. उपाध्यक्ष:-मन केसी
६. महिला उपाध्यक्ष:- रविना थापा
७. महासचिव:-हेमराज शर्मा
८. सचिव:- गौरी जोसी
९. सचिव:- आरके शर्मा
१०. कोषाधयक्ष:- महेश श्रेष्ठ
११. सहकोषाध्यक्ष:-लोक दाहाल

यसैगरी, सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन् । उनीहरु पनि कुल पक्षधरका हुन् । यसैगरी कोषाध्यक्षमा महेश श्रेष्ठ निर्वाचित हुँदा सह कोषाध्यक्ष लोक दाहाल विजयी भएका हुन् । उनीहरु दुवै कुमार पक्षधरका रुपमा चिनिन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार