NRNA निर्बाचन अपडेट, अध्यक्षमा कुमार पन्त बिजयी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  830 पटक हेरिएको

काठमाडौं कार्तिक, १ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतगणना सम्पन्न भएको छ । बिबादै विवाद बिच सम्पन्न एनआरएनए आइसिसिको निर्वाचनको मतपरिणाम सार्बजनिक भएको छ । शुक्रबार बिहानै मत परिणामा आइसक्ने बताइए पनि मतगणनाको क्रममा गए राति फेरि लफडा हुँदा मतगणना केही बेर प्रभावित बन्न पुगेको थियो। 

यसैबीच, गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । मतगणना सुरु भएदेखि नै उनले अग्रता लिदै आएको थियो तर बिचमा भने आचार्यले लिड गरेको थियो ।

बिहीबार भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् । यस्तै गैरआवासीय नेपाली संघ एनआरएनएको उपाध्यक्षमा भने डा. बद्री केसी र अर्जुन कुमार श्रेष्ठ बिजयी भएका छन् । अहिले सबै क्षेत्रको मतगणना सकिएर टोटल काउन्ट गरिएको छ । 

खुल्ला ४ उपाध्यक्षमा श्रेष्ठ र केसी विजयी भएका निर्वाचन समितिले जनाएको छ । अन्यको नाम भने केहीबेरमा सार्वजनिक गरिनेछ । महासचिवको भने घोषणा हून बाँकी छ । पन्त प्यानलका अधिकांसले विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार