NRNA निर्वाचन अपडेट, कोषाध्यक्षमा निर्वाचित महेश्वर श्रेष्ठको भाबी कार्ययोजना

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  842 पटक हेरिएको

काठमाडौं कार्तिक, १ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन भरखरै सम्पन्न भएको छ । मतगणनाको अन्तिम घोषणा भने हुन बाँकी छ । अध्यक्ष लगायत ४२ जनाको लागी भएको मतदानमा कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ । पन्त समूहबाट  श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

कोषाध्यक्षमा निर्वाचित भएलगत्तै श्रेष्ठले विविध योजनाहरू सार्वजनिक गर्नुभएको छ । त्यस्तै वार्षिक ८ करोड रुपैयाँ संकलन हुनेगरी गैरआवासीय श्रमिक कल्याण कोष, आर्थिक हिसाब किताब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजिटलाइज गर्ने  आफ्नो प्रमुख काम भएको बताउनुभएको छ । यस अघिभन्दा सचिवालयको खर्चमा मितव्ययिता ल्याउनेमा पनि पहिलो प्राथमिकता आफ्नो रहेकाे बताउनुभएकाे छ ।

बागलुङ जन्मिएर पर्वतको कुश्मामा हुर्किनुभएका श्रेष्ठ अध्ययनका सिलसिलामा २५ वर्षअघि जापान पुगेर डेढ दशकदेखि एनआरएनए अभियानमा क्रियाशिल हुनुहुन्छ । उहाँ एक सफल व्यवसायी समेत हुनुहुंछ ।

त्यस्तै सह-कोषाध्यक्षमा भने धादिंग स्थायी घर भएका बेल्जियम निबासी लोक दाहाल निर्वाचित भएका छन ।

सम्बन्धित समाचार यो पनि पड़नूहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार