काठमाडौं, असोज ३१ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन निर्वाचन प्रतिनिधि छनोट बिबाद समाधान गरेर ३० नोभेम्बरभित्र गर्ने निर्णय भएको छ । एनआरएनएको १०औँ महाधिवेशन तथा निर्वाचन अक्टोबर महिनामा तय भएको थियो । अक्टोबर महिनामा नै निर्वाचन गर्ने गरी एनआरएनएले तयारी थाले पनि प्रतिनिधि छनोटमा बिवाद पछि परराष्ट्र मन्त्रालयमा मुद्धा परेपछि मन्त्रालयले निर्वाचनका कार्यक्रम रोक्न निर्देशन दिएका थियो ।
हिजो बसेको एनआरएनको भर्चुअल बैठकबाट तत्कालका लागि रोकिएको निर्वाचन कार्यक्रम प्रतिनिधि छनोट लगायतका समस्याहरु समाधान गरी नोभेम्बर ३० भित्र गर्ने निर्णय गरिएको एनआरएनएका उपाध्यक्ष डा। बद्री केसीले जानकारी दिए । उनका अनुसार भर्चुअल माध्यमबाट बसेको कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको छ ।
‘हामीले कार्यकाल थप्न पाउँने अधिकतम् सीमा भनेको ६ महिना भएकाले भोलि निर्वाचन परसारिहाल्नु पर्दा पुनः थप्नु नपरोस् भनेर यस्तो निर्णय गरेका हौं’ महासचिव केसीले भने, ‘तर निर्वाचन हामी ३० नोभेम्बरमा नै गछौं, जतिसक्दो चाडो निर्वाचन गर्नुपर्छ भन्ने हो ।’
यस अघि १०औँ महाधिवेशन तथा निर्वाचन २३ देखि २५ अक्टोबरमा गर्ने निर्णय भएपनि परराष्ट्र मा उजूरी परेपछि मन्त्रालयले संस्थाको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न पत्राचार गरेको थियो ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।
एनआरएनको साख बचाउन संरक्षक परिषदलाई जिम्मा दिउँ:- डा. बलराम श्रेष्ठ