अमेरिकाबाट आईसीसी उपाध्यक्ष पदमा सुनील साहको उम्मेद्वारी घोषणा, संघलाई नयाँ उचाइमा पुर्‍याउने दृढता

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  493 पटक हेरिएको


अमेरिका, असोज ३१ ।   

गैर आवासीय नेपाली संघ अमेरिकाको निवर्तमान अध्यक्ष सुनिल साहले आइसिसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ। आगामी अक्टोवरमा हुने आइसिसीको निर्वाचनमा साहले उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको हो। हाल प्रतिनिधि बिबादका कारण आइसीसीको निर्वाचन ६ महीना पछाडी धकेलीएको छ ।

एनआरएनए अमेरिकाको अध्यक्ष रहँदा साहले सफलता पुर्वक भूमीका निर्वाह गर्नु भएको थियो। साहले एनसिसी अमेरिकामा वरिष्ठ उपाध्यक्ष हुँदै नेतृत्वमा रहेर हासिल गरेको अनुभव र अग्रजको सल्लाहमा केन्द्रीय उपाध्यक्षको उम्मेदवारी दिन लागेको बताउनु भयो।

उहाँले केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएर संघलाई थप उचाइमा पुर्‍याउने उद्देश्य राखेको बताउनु भयो । उहाँले चाँडै आफ्ना प्रतिबद्धताहरु पनि सार्वजनिक गर्ने बताउनु भयो। हाल अमेरिकाका बिभिन्न क्षेत्रमा एनआरएनए अभियन्ता र संचारकर्मीहरूको भेटमा व्यस्त आइसीसी उपाध्यक्ष पदका उम्मेद्वार सुनील साह अमेरिका, यूरोप लगायतका देशका प्रतिनिधिहरूले आफुलाई समर्थन गर्ने बिस्वास लिएको बताउनु हुन्छ ।

सुनील साह नेतृत्वमा भएका उपलब्धीपूर्ण महत्वपूर्ण कार्यहरु: 

विशेष गरि साह नेतृत्वले निर्वाचन सम्पन्न भएलगतै नयाँ कार्यसमितिमा बाँकी मनोनयन गर्नुपर्ने पदहरु विवादरहित मनोनयन गर्दै कार्यसमितिलाई पूर्णता दिन सफल भएको थियो। नयाँ कार्यसमितिले पूर्णता पाएसँगै एनआरएनए अमेरिकाले आफनो गतिलाई तीब्रता दियो। नयाँ कार्यसमितिमा टिम वर्क भएकै कारण अमेरिका विश्वका विभिन्न एनसिसीको दाँजोमा अग्रपंक्तीमा रहेको पाइन् । एनआरएनए अमेरिका अध्यक्ष साह आफ्नो दुई वर्षे कार्यकालमा महत्वपूर्ण कामहरु भएको बताउनुहुन्छ।

अध्यक्ष साह कोभिड -१९ का बाबजुत भर्चुअल रुपमा विज्ञ सम्मेलन र एनसिसीको साधारणसभा सम्पन्न,एनसिसी र आइसिसी बीच रहेको एमआइएस सिस्टमलगायतका विवाद निरुपण गर्न सघाउ, संस्थाको वेभसाईटलाई सुधार गर्न सफल, नेपालमा भएको सीमा समस्याको विषयमा अमेरिकामा रहेको यूएन, भारतीय राजूतावासमा ज्ञापनपत्र बुझाउँदै अमेरिकाका विभिन्न ठाउँमा प्रदर्शन, तीन जनाको कमिटि बनाएर डकुमेन्टसहित लिखित रुपमा राजदूतावासँमा पेश गर्न सफल र संस्थाको ऐतिहासक दस्तावेजलाई संकलन गरि संग्रह गर्ने जस्ता धेरै सुधारहरु भएको बताउनु हुन्छ । साह नेतृत्वमा भएका महत्वपूर्ण कार्यहरुलाई निम्नानुसार उल्लेख गरिएको छ:-

इतिहासमा पहिलो पटक आइसिसीमा अमेरिकाको बलियो उपस्थिति: 

एनसिसी अध्यक्ष साह विशेष गरि आफ्नो कार्यकालमा महत्वपूर्ण कार्य भएको बताउनुहुन्छ। एनआरएनए अमेरिकाको इतिहासमै पहिलो पटक एनआरएनको केन्द्रीय समितिमा बलियो प्रभाव जमाउन सफल हुनु आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धी भएको अध्यक्ष साह बताउनुहुन्छ।

अहिले अमेरिकाबाट केन्द्रीय समितिमा उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा र सचिव गौरीराज जोशीले प्रतिनिधित्व गरिरहनु भएको छ । एक जना उपाध्यक्ष पदका उम्मेदवार तथा अमेरिकाको प्रमुख संरक्षक समेत रहनु भएको डा। केशव पौडेल झिनो मतान्तरले पछि पर्नु भए पनि समग्रमा यो एनआरएनए अमेरिकाको लागि सबैभन्दा ठूलो रेकर्ड भएको अध्यक्ष साहको विश्लेषण छ।

‘आफ्नो कार्यकालमा केन्द्रीय समितिमा धेरैभन्दा धेरै ब्यक्तीहरु अमेरिकाको प्रतिनिधित्व गर्दै निर्वाचीत हुनुमा नै सबैभन्दा ठूलो उपलब्धी ठानेको उपाध्यक्षका उम्मेद्वार सुनील साहले भिजन अनलाइन न्युजलाई जानकारी गराउनु भयो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार