
हेटौडा, असोज, ३० । रबि लामिछानेलाई हेटौडा उच्च अदालतले अब शालिकराम पुडाशैनिको मृत्युबारे बोल्न लगाएको बन्देज र बिदेश भ्रमण गर्न रोक लगाएको २ वटा केशहरु फुकुवा गरिदिएको छ । आफ्नै सहकर्मीलाई आत्महत्या गर्न बाध्य बनाईएको भनी आत्महत्या दुरुत्साहन मुद्धामा चितवन प्रहरीले कार्यकक्षबाटै पक्राउ गरी चितवन लगि २ हप्ता चितवन कारागारमा बिताएका सिधा कुरा जनतासँग नामक कार्यक्रमका प्रस्तोता लामिछानेलाई आज भएको सुनुवाईमा हेटौडा उच्च अदालतले पहिले लगाएके २ बन्देज आजबाट फुकुवा गरिदिएको हो ।

प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको अन्य आदेश यथावत राख्न उच्च अदालत हेटौंडाले आदेश दिएको छ । यस्तै सञ्चारकर्मी युवराज कँडेलविरुद्धको हकमा पनि उच्च अदालत हेटौंडाले जिल्ला अदालतले गरेको आदेशउपर धरौटी कायम गर्न आदेश दिएको छ ।
यस्तै अस्मिता कार्की रुकुको हकमा साधारण तारेखमा रिहा गरेको फैसला सदर गर्न उच्च अदालत हेटौंडाको आदेश छ । अस्मिताको पक्षमा अधिवक्ता मनिष कुमार श्रेष्ठ र केदार गुरागाईंले बहस गरेका थिए ।
आत्महत्या दुरुत्सान अभियोगमा तीनै जना केही महिना अघि काठमाडौं उपत्यकाबाट पक्राउ परेका थिए । पक्राउ परेका लामिछाने ५ लाख धरौटी, कँडेल ३ लाख र कार्की साधारण तारेखमा रिहा भएका थिए । त्यसविरुद्ध लामिछानेले उच्च अदालतको हेटौंडा इजलासमा पुनरावेदन गरेका थिए ।
