राष्ट्रपति भण्डारी र आङसाङ सुकी बीच शिष्टाचार भेट

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1376 पटक हेरिएको

म्यानमार असोज, ३०। राजकिय भ्रमणमा रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी बीच शिष्चार भेट वार्ता भएको छ । गण्तन्त्र म्यानमारका राष्ट्रपति उ विन मिन्टसंगको दिपक्षिय वार्ता लगतै राष्ट्रपति भण्डारी र सुकी बीच भेटवार्ता भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमार पुगेकी भण्डारीलाई भव्य स्वागत गरेको थियो।

उनलाई म्यानमार सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री ऊ क्य तीन, धार्मिक मामिला तथा संस्कृतिमन्त्री थुरा ऊ आङ को र नेपित नगरका प्रमुख डा म्यो आङले स्वागत गरेका थिए।

नेपालका लागि म्यानमारका राजदूत भीमकृष्ण उदासले पनि राष्ट्रपतिको स्वागत गरेका थिए। राष्ट्रपति भण्डारीलाई नेपित शहरका बालबालिकाले पनि पुष्पहार चढाई स्वागत गरेका थिए।

राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी लगायत म्यानमार भ्रमणमा छन्।

राष्ट्रपति भण्डारीले असोज २९ देखि कात्तिक ३ गतेसम्म म्यानमारको राजकीय भ्रमण गर्नेछिन्। राष्ट्रपति भण्डारी र म्यानमारका राष्ट्रपति मिन्तबीच बिहीबार बिहान प्रेसिडेन्सियल हाउसमा भेटवार्ता भएको थियो।

राष्ट्रपतिसँग म्यानमारका स्टेट काउन्सिलर आङ सान सुचीले पनि सोही हाउसमा भेट गरेकि थिईन । आज सोही समय म्यानमार र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार