एनआरएनए जापानद्धारा यहि अक्टोबर २३ तारिकबाट एनआरएनए मेरो साथी अन्तर्गत “जापानमा बिद्यार्थीहरुको अबसर र चुनौती” बिषयक कार्यक्रम ल्याउदै

प्रकाशित:  506 पटक हेरिएको

जापान, असोज ३१ ।  

एनआरएनए जापानको आयोजनामा यहि अक्टोबर २३ तारिख “जापानमा विद्यार्थीहरुको अवसर र चुनौती” विषयक एक विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।एनआरएनए जापानका सचिव श्याम शितलले जनाए अनुसार, कार्यक्रममा जापानमा अध्ययनका लागि आएका विद्यार्थीहरुको भाषा स्कुलको अध्ययन पश्चात भोकेश्नल कलेज(専門学校) तथा विश्वविद्यालयहरु (大学)हरु कसरी छनौट गर्ने रु के कस्ता विषयहरु पढेमा सम्भावना अधिक रहन्छ रु अध्ययन सक्किएपश्चात कसरी अगाडी बढ्न सकिन्छ रु लगयातका विविध विषयहरुमा अनुभवी तथा विषय विज्ञहरुसंग अन्तरंग छलफल सहितको कार्यक्रम गर्न लागिएको एनआरएनए जापानका सचिब श्याम श्रेष्ठले जानकारी जराउनु भएको हो ।

जापानमा पछिल्लो समय कोरोनाका कारण नेपाली बिद्यार्थीमा परेको मानसिक, आर्थिक तथा सामाजिक समस्याका कारण नेपाली बिद्यार्थीैमा डिप्रेसन सहितको मानसिक समस्याका कारण आत्महत्याका घटना दिनप्रति दिन बढ्दै गईरहेको अबस्थालाई ध्यानमा राख्दै बिद्यार्थी लक्षित कार्यक्रमलाई अगाडी सारिएको सचिब श्याम श्रेष्ठले जानकारी गराउनु भयो । यस अघि पनि एनआरएनए जापानको आयोजनामा आत्महत्याका कारण र त्यसको रोकथामका बिषयहरुमा बिज्ञहरु सहितको अन्तक्रिया कार्यक्रम आयोजना गरेको एनआरएनए जापानले यस्तै कार्यक्रमलाई निरन्तरता दिदै नेपालीहरुको समस्या समाधानको लागि सहयात्रीको भूमिकामा काम गर्ने पनि बताउनु भयो ।

सोही बमोजिम एनआरएनए जापानको वर्तमान कार्यसमिति (२०२१-0२३) को “एनआरएनए मेरो साथी” नामक सुसुचित अभियानको पहिलो श्रृंखलाको रुपमा संचालन गरिने यस विद्यार्थी लक्षित कार्यक्रममा, डा. वेद काफ्ले (Senior Researcher NICT Tokyo, Japan), जिज्ञान कुमार थापा (Program Office, Khanawawa International Foundation, Japan), डा . विष्णु प्रसाद गौतम Professor, Associate, Kanazawa Gakuin University Japan), डा .सरोज कंडेल (Research and Panning Division, Sizen Oyokagaku Co.Ltd) र शुसिला पौडेल (PHD Candidate in Disaster Nursing, Japan) को सहभागिता रहने छ ।

जापानबासी नेपालीहरुलाई दैनिक जीबन यापनमा सहज बनाउन र भबिष्य निर्माणका लागि जापानमा भएको अवसर र त्यसको चुनौतीहरुका बिषयमा सबैमा सु सुचित गराउने उदेश्यका साथ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापानको अभियान NRNA मेरो साथी 2021-2023 “ सुखमा पनि , दुःखमा पनि , जानकारी हाम्रो साथ तपाईंको ” नामक कार्यक्रम हरेक महिना फरक विषयवस्तुमा प्रस्तुत गरिने जनाईएको छ । यो कार्यक्रम जापानबाट प्रसारण तथा संचालन भईरहेको भिजन अनलाईन न्युज लगायतका बिभिन्न संचार माध्यमबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । एनआरएनए जापानले बिगतका दिनहरुबाट नै जापानका बिभिन्न मिडियाहरुसँग संस्थागत सहकार्य गर्दै अभिमुखि कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । यसले नेपाली समुदायमा सकारात्मक प्रभाब पार्ने पनि आयोजक एनआरएनए जापानका अभियान्ताहरु बताउछन ।

   

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार