आज ३१ सय ६७ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  473 पटक हेरिएको

काठमाण्डौं, कार्तिक १ ।   

नेपालमा आज ३१ सय ६७ जना संक्रमित थपिएका छन् । १५४३८ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या कुल एक लाख २९ हजार ३०४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुगेको छ । संस्थागत आईसोलेसनमा १३ हजार २९९ जना रहेका छन् । होम आईसोलेसनमा २५ हजार ४३८ जना रहेका छन् ।

आज १८ सय जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ८८ हजार ८४० जना रहेको छ । कुल संक्रमितको ६९.८ प्रतिशतले अहिले सम्म कोरोना जीतेर घर फर्किएका छन् । हाल क्वारेन्टीनमा ४ हजार ७१५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार