NRNA निर्वाचन अपडेट, सिस्टम ह्याकको प्रयासका कारण निर्वाचन स्थगित

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  629 पटक हेरिएको

काठमांडौ असोज, २९ । गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषद(NRNA,ICC) को ९ औ बिश्व सम्मेलन काठमांडौको हायात होटेलमा चलिरहेको छ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीको निर्वाचन हुन लागेको हो ।

गैर आवासीय नेपाली संघ ८० भन्दा बढी मुलुकमा फैलिएको दावी गरिए पनि ४९ देशबाट आएका झण्डै २६ सय प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदानमा भाग लिँदैछन् । निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली पनि आजै प्रकाशित गर्ने जनाएको छ । साँझ ५ बजे देखि राति १० सम्म एनआरएनए महाधिवेशन प्रतिनिधिहरुले विद्युतीय मतदान गर्नेछन् । मतदान सम्पन्न भएको एक घण्टाभित्रमा नै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको थियो। विद्युतीय मतदान भएकाले आज नै सम्पूर्ण नजिता आइपुग्ने उपस्थित प्रतिनिधिहरूले आकलन गरेका थिए।

संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य प्यानलसहित चुनावी मैदानमा छन् । दुबै प्रत्यासीहरुको प्रचार शैली निकै भड्किलो र खर्चिलो भएको भन्दै केही प्रतिनिधिहरुले आलोचनासमेत गरेका छन् । एनआरएनको विधानविपरित दुवै अध्यक्षका प्रत्यासीहरु प्यानल नै बनाएर चुनाव लड्ने भएका छन् । आचार्यले सोमबार दिउँसो नै पत्रकार सम्मेलन गर्दै आफ्नो टिम घोषणा गरेका थिए । पन्तले पनि आफ्नो प्यानललाई अन्तिम रुप दिएका छन् । बुधबार राति अबेरसम्म छलफल गर्दै पन्तले निर्णय लिएको स्रोतको दाबी छ ।

आज हुने भनिएको गैर आवासीय नेपाली संघको नेतृत्व लगायत बाँकी पदहरूमा निर्वाचन ढीला गरी सुरु भईरहेको अवस्थामा दुबै पक्षले निर्वाचन समितिले प्रयोग गरेको सिस्टम नै ह्याक गरी एकलौटी गर्न खोजेको भन्दै निर्वाचन स्थगित गरेको थियो । स्थगित निर्वाचन भोलि १० बजेबाट इलेक्ट्रोनिक नभई काग़ज़ी भोटिंग हुने अध्यक्षका प्रत्यासी कुल आचार्यले जानकारी गराएका छन । निर्वाचन कमिटिले समेत आज हुने निर्वाचनमा सहभागी हूनको लागी प्रतिनिधि परिचय पत्र पासपोर्ट र अन्य परिचय खुल्ने कून देशमा बस्ने हो त्यहाको परिचयपत्रका साथ उपस्थित हून समेत सर्कुलर जारी गरेको छ ।

कोषाध्यक्षको प्रतिवेदनबाट शुरू भएको विवादका कारण समयमा निर्वाचन गराउन निर्वाचन कमिटि असफल भएका थिए । दुबै पक्षले हुलदंगा गर्दै कार्यक्रम नै बीथोलेपछी निर्वाचन समयमा हून नसकेको हो । उक्त ९ औ महाधिवेशनमा ३ जना भने सर्वसम्मत निर्वाचित भई सकेका छन । भोलि बाक़ी रहेको पदमा ३९ जना निर्वाचित हुदै छन ।ई भोटिंग नहुने भएकोले समय लाग्ने निर्वाचन कमिटिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार