नेपाललाई ३-० को गोल अन्तरले हराउँदै भारतले उपाधि हात पार्यो, नेपाल बने उपबिजेता

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  365 पटक हेरिएको

माल्दिभ्स, असोज ३० ।  

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । मालेस्थित नेशनल स्टेडिएयमा शनिबार राती नेपाली समयानुसार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि हात पारेको हो । पहिलो पटक फाईनलमा पुगेक़ो नेपालले उपाधि जित्ने आशा भने नेपालीहरू र खेलाड़ीहरूमा पनि उच्च देखिन्थ्यो ।

पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भारतले लगातार २ गोल गरेको थियो । खेलको ८९औं मिनेटमा भारतले पुनः गोल गरेर अग्रतालाई ३–० बनायो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।

नेपालले साफमा समूह चरणको खेलमा चार खेलमध्ये २ खेलमा जित हासिल गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो । उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

निकै बलियो टिम मानिएको भारत विरुद्ध गोल गर्न नेपाललाई निकै हम्मे हम्मे पर्यो । नेपाल साफ च्याम्पियनसीपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो । फाइनल खेलमा भारतसँग पराजय भएसँगै नेपाल उपविजेतामा सीमित भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार