काठमाडौं असोज, २९ । गैरआवासीय नेपाली संघ एनआरएनएको सम्मेलनमा हुलदंगा सुरु भएको छ । आर्थिक आयब्याय चित्त बुझ्दो नआएको भन्दै बिरोध गरेका थिए ।
सम्मेलनको बन्दसत्रमा कोषाध्यक्षको प्रतिवेदन पेश भएपछि प्रतिनिधिहरुले हुलदंगा सुरु गरेका हुन् । प्रतिनिधिहरुको एक समूहले कोषाध्यक्षको प्रतिवेदनमा चित्त नबुझेको भन्दै आय व्यय विवरण पारदर्शी नभएसम्म निर्वाचन गर्न नपाइने बताएका छन् ।
असन्तुष्ट पक्षले नाराबाजी गरिरहेका छन् । सम्मेलनमा बुधबार साँझ ७ बजेदेखि मतदान हुने भनिएको थियो । तर यही विवादले मतदान सुरु हुन सकेको छैन । प्रहरीले हस्तक्षेप गरेर प्रतिनिधिहरुलाई लाइनमा राखे पनि असन्तुष्ट समूहले लाइनमा बस्न मानेका छैनन् । दलहरुको राष्ट्रीय निर्वाचन भन्दा नि भड्किलो र खर्चिलो रहेको एनआरएनए निर्वाचन आकांक्षिहरुको संख्या धेरै रहेकोले नि विवाद बढ़ी देखिएको हो ।