
काठमाडौं असोज, २९ । गैरआवासीय नेपाली संघ एनआरएनएको ९ औ महाधिबेशन तथा बिश्व सम्मेलन काठमांडौमा हिजो र आज चलीरहेको छ । उक्त सम्मेलनबाट एनआरएनए आइसीसीको अध्यक्ष उपाध्यक्ष सहित ४२ जना निर्वाचित हुनेछन । जस मध्य एनआरएनए आइसिसि मध्यपूर्व संयोजक र उपसंयोजकमा एक जनाको मात्र उम्मेदवारी परेको थियो ।

१/१ जनाको मात्र उमेद्वारी परेसंगै संयोजकमा प्रवीण गुरुङ (कतार), उपसंयोजकमा मनोजकुमार श्रेष्ठ ‘गोरखाली’ (युएई) र अर्का उपसंयोजकमा राजेन्द्रकुमार अर्याल ‘जोन’ (साउदी अरब) सर्वसम्मत चयन भएका हुन् ।

एनआरएनएको बिभिन्न १२ पदमा ४२ जना निर्वाचित हुनुपर्नेमा ३ जना सर्वसम्मत भएसंगै अब ३९ जनाका लागि मात्रै चुनाव हुने भएको छ ।
