एनआरएनए हङ्गकङ्गद्वारा पत्रकार महासंघलाई रकम हस्तान्तरण

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  946 पटक हेरिएको

काठमांडौ असोज, २९ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज काठमाडौंको हायात होटलमा निर्वाचन हुँदैछ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीको निर्वाचन हुन लागेको हो ।

उक्त एनआरएनएको ९ औँ अन्तराष्ट्रिय कन्फेरेन्समा भाग लिन नेपाल जानु भएकी अध्यक्ष गुरुङ्गद्धारा आज एक बिषेश कार्यक्रमका साथ नेपाल पत्रकार महासंघलाई २०१८ डिसेम्बर ८ र ९ तारिकमा हङकङमा भएकाे एसिया प्यासिफिक क्षेत्रिय बैठकबाट बचेकाे दुई लाख रकम नेपाल पत्रकार महासङलाई ई लाईबेरि निर्माणको लागी सहयोग हस्तान्तरण गर्नु भएको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनु भएको छ ।

दोस्रो कार्यकालको लागि निवाचित हुनु भएकी अध्यक्ष गुरुङ्ग एनआरएनए हङ्गकङ्गबाट १०० जना प्रतिनिधिहरुको प्रतिनिधित्व गर्दै ९ औँ अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुन नेपाल गएका हुन । एनआरएनएको ९ औ अन्तराष्ट्रिय सम्मेलान हिजो र आज गरी २ दिन हायात होटलमा हुदैछ ।

दास्रो कार्यकालकको समेत नेतृत्व गरिरहेका अध्यक्ष टिका गुरुङ्ग अन्य एनआरएनए राष्ट्रिय परिषदको तुलनामा एक सफल नेतृवको रुपमा चिनिनुहुन्छ । बिगतका दिनमा राष्ट्र र राष्ट्रियताको पहिचान र प्रचारप्रसारमा बिभिन्न कार्यक्रमहरु आयोजना गरेको अध्यक्ष टिका गुङ्ग यस दोस्रो कायकालमा पनि बिभिन्न योजनाका साथ अघि बढिरहेको जानकारी गराउनु हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार