हमास आक्रमणमा परि ज्यान गुमाएका मध्ये ५ जनाको शव इजरायलले नेपाली दूतावासलाई बुझायो , छिट्टै नेपाल पठाइने राजदुताबासको भनाई

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  348 पटक हेरिएको

काठमाडौं, असोज २८ । 

इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा परि मृत्यु भएका १० मध्ये ५ जना नेपालीको शव त्यहाँस्थित नेपाली दूतावासले प्राप्त गरेको छ । आइतबार इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र अनिश चौधरीको शव प्राप्त भएको जानकारी दिएको हुन। ‘प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ’ दूतावासले विज्ञप्तिमा भनेको छ ।

अरु ५ जनाको शव प्राप्त हुने क्रममा रहेको नेपाली दूतापवासले जनाएको छ । इजरायलमा हराइरहेका नेपाली नागरिक विपीन जोशीको पनि खोजी भइरहेको दूतावासले उल्लेख गरेको छ । इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भइरहेका छन् भने दुई जना अस्पतालमै उपचाररत छन् । बाँकी दुईमध्ये एक जना नेपाल पुगिसकेका छन् र अर्का एक जना भने दूतवासको हेरचाहमा रहेको जनाएको छ ।

हमासको आईतबारको अचानक गरिएको आक्रमणबाट नेपाली, अमेरिकन, बेलायती लगायत बिभिन्न देशका नागरिकहरुको समेत ज्यान गएको थियो । हालसम्म उक्त आक्रमणमा परि ईजरायल र गाजामा गरि कम्तिमा पनि २० हजारले ज्यान गुमाईसकेको छ भने ईजरायलको जबाफी कारबाही गाजामा मर्नेको संख्या दिनानुदिन बढ्ने क्रम जारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार