दशैं बिशेष:,कोरोना कहरका बिच जापानमा नेपालीहरुको दशैं (फोटो फिचर)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  776 पटक हेरिएको

जापान, असोज २९।  

नेपालीहरुको महार पर्व बडा दशैं २०७८ जापानमा पनि नेपालमा जस्तै बिधिवत रुपमा मनाईएको छ । अध्ययन, ब्यबसायी तथा रोजगारीका लागी जापान आएका नेपालीले नेपालमा रहेका परीवार तथा आफन्तजनहरुसँग सामाजिक संजाल फेसबुक तथा बिभिन्न माध्यमबाट सम्पर्क गर्दै दशैको शुभकामना आदान प्रदान गरी जापानमा भएका आफन्तजन, साथीभाईहरुसँग रमाईलो गरी बिधिवत रुपमा दशै मनाएका छन । दशैको दशौ दिन आज बिजया दशमी तथा टिकाको दिन हो जापानमा पनि आफन्तजन तथा अग्रजको हाजबाट बिधिवत रुपमा टिका रजमरा लगाई दशै मनाएको जापानबासी नेपालीहरुले सामाजिक संजाल फेसबुकमा फेटो राखेर जनाएको छ ।

दसैं घरदेश जस्तो नभएपनि संस्कृतीको जग्रेना र निरन्तरता दिदै नयाँ पुस्तामा हस्तातरण गर्न पनि मनाउनुपर्ने परदेशीहरुको तर्क रहदै आएको छ । काममा बिदा पाउनेहरुले सुभ साईतमै टिका ग्रहण गरेका छन भने बिदा नपाउनेहरुले काम सकेपछी आफन्तजन साथीभाइसंग टीका लगाएर दशै मनाएको जनाएका छन् । कोरोनाका कहरका बिच पनि यसपालिको बडादशैलाई भने सरल र बिधिवत मनाएको जापानबासी नेपालीहरुले जनाएको छ । बिगतका दशैंहरुमा नेपालीहरुले ठुला ठुला कार्यक्रम गरेर मनाउने दशै यस बर्ष भने सामान्य रुपमा मनाएको जनाएका छन ।

नेपाली पोषाकमा रातो टिका र जमरा लगाएर यत्रतत्र देख्ने नेपालीहरुलाई यस बर्ष भने परीवारमा सिमीत रुपमा मनाईएको सामाजिक संजाल फेसबुकमा तस्बीर र स्टाटसमा देख्न सकिन्छ । कोरोनाको कहरका बिच पनि जापानमा बसोबास गर्ने नेपालीहरुले जापानमा यस बर्षको बडा दशै मनाएका तस्बिरहरु सामाजिक संजालबाट लिएका छौँ ।

जापानमा नेपालीहरुको दशै तस्बिरमा 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार