राष्ट्र निर्माणमा स्वदेश भित्र र बाहिर रहेका युवाको ज्ञान, सिप र बिज्ञता परिचालन गर्नुपर्ने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुङ्गेलको भनाई (भिडियो सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  169 पटक हेरिएको

काठमाण्डौँ, असोज २८ ।  

जापानको फुकुओकाबाट प्रसारण भईरहेको भिजन अनलाईन न्युजले पछिल्लो समय बिदेशमा छरिएर रहेका युवा शक्तिहरुको जोस, जागर, बिज्ञता, श्रम, सिप र युवाको आवाजलाई राष्ट्र निर्माण लगाउनु पर्छ भन्ने मुल उद्देश्यका साथ लामो छलफल र बहसबाट यहि अक्टोबरबाट नयाँ टेलिभिजन कार्यक्रम राष्ट्र निर्माणको लागि अन्तराष्ट्रिय युवा बहस कार्यक्रम भिजन अनलाईन न्युज तथा भिजन एच.डि.टि.भिको अफिसियल युबट्युब च्यानलबाट प्रसारण गर्दै आईरहेको छ । आजको मितिसम्म उक्त कार्यक्रममा ३ एपिसोड प्रसारण भईसकेको छ । शुरुवात मै गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय युवा परिषदका संयोजक दिपक कंडेलबाट कार्यक्रमको शुरु गरिएको उक्त कार्यक्रममा दोस्रो एपिसोड मै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब प्रसाद ढुङ्गेललाई उपस्थित गराएर महत्वपुर्ण बहस कार्यक्रम समेत सम्पन्न गरिसकेको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष ढ्ङ्गेलले बिश्वभरिबाट सिप र ज्ञान हासिल गरि देश फर्किएका नेपाली युवाहरुको लागि सरकारले बिषेश प्याकेजको समेत ब्यवस्था गरेको जानकारी गराएका थिए । राष्ट्र निर्माको लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै भिजन अनलाईन न्युजले बिश्वभरिका युवाहरुलाई राष्ट्र निर्माणमा जोढ्ने महत्वपुर्ण र अपरिहार्य बहस कार्यक्रम शुरु गरेकोमा भिजन अनलाईन न्युज टिमलाई धन्यबाद समेत दिएका थिए । यस कार्यक्रमले बिदेशमा गैरआवासिय रुपमा बसेका नेपाली तथा एनआरएनलाई प्रत्यक्ष राष्ट्रिय युवा परिषदसँग जोड्न पुलको काम गर्ने बिश्वास पनि ब्यक्त गरेका थिए ।

राष्ट्रिय युवा परिषदले हालसम्म बिदेशबाट फर्किएका र स्वदेश मै रहेका ८० हजार युवाहरुलाई स्वरोजगार कार्यक्रम र प्रधानमन्त्रि रोजगार कार्यक्रमको माध्यमबाट बिषेश सौलियत लोनको ब्यवस्था गरि कृषि, ब्यापार, मझौला उद्योगमा सामेल गराउन सफल भएको पनि उक्त अन्तराष्ट्रिय युवा बहस कार्यक्रममा बताएका थिए । युवाहरुलाई स्वदेश मै बिभिन्न क्षेत्रमा आकर्षण रोजगारको लागि बिभिन्न तालिमको समेत ब्यबस्था गर्दै आईरहेको पनि जानकारी गराउनु भएको थियो ।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्षले बिदेशमा मजदुरी गरेका, मध्यम र बिज्ञ गरि सम्पूर्ण बर्गका युवाहरुलाई नेपालमा नै केहि गरेर स्वरोजगार बन्नको लागि मध्यस्तकर्ताको भूमिका निर्बाह गर्ने पनि बताए । सरकार हालको बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको निराकरण र रोकथामका लागि केन्द्रित भएकोले यस आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदरमा ह्रास आउने देखिएको र यस महामारीले बिश्वभरिबाट स्वदेश फर्किएका युवाहरुबाट राष्ट्र स्वाधिन बन्ने अबसर पनि रहेकोले यस अबसरलाई राष्ट्रिय युवा परिषदले रचनात्मक कार्य गर्ने पनि बताए । बिदेशबाट फर्किएर नेपालमा केहि गर्ने सोचमा हुनुहुन्छ र लगानी ब्यबस्था गर्न नसकेको अबस्थामा राष्ट्रिय युवा परिषदले पुर्ण सहयोग गर्ने समेत बताए ।

राष्ट्रको लागि अन्तराष्ट्रिय युवा बहस कार्यक्रम हेर्न तल भिडियोमा क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार