काठमाण्डौं, असोज २८ ।
नेपाल सरकारले सरकारको मन्त्रिहरुको कार्यबिभाजनमा हेरफेर गर्दै केहि नयाँ मन्त्रि नियुक्ति गरेका छन भने केहि पुराना मन्त्रिलाई भने जिम्मेवारीबाट हटाएको छ । प्रधानमन्त्रीको सिफारीसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा रिक्त मन्त्रालयमा पदपूर्तिसहित केही मन्त्रालयको नेतृत्वमा सामान्य हेरफेर गरेकी छन् ।
युवराज खतिवडाको विदाई पछि रिक्त रहेको अर्थमन्त्रालयको जिम्मेवारी पार्टी महासचिव विष्णु पौडेलले पाएका छन । त्यस्तै रक्षामन्त्रीबाट ईश्वर पोखरेललाई हटाएर मन्त्रीपरिषद्को कार्यलयमा सारिएको छ । रक्षा मन्त्रालयको जिम्मेवारी स्वयं प्रधानमन्त्रीले सम्हाल्ने छन् ।
यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पार्वत गुरुङ, शहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीलानाथ श्रेष्ठ नियुक्त हुनुभएको छ । पौडेल, कृष्णगोपाल र लीलानाथ वर्तमान सरकारमा नयाँ प्रवेशी मन्त्रिहरु हुन् । अन्य मन्त्रीहरुको जिम्मेवारी यथावत राखिएको छ ।
राष्ट्रपति कार्यालयको बिज्ञप्ति