नेपालमा आज २६३८ जना संक्रमित पुष्टि, उपत्यकामा हिजोको तुलनामा संक्रमितको संख्यामा केही कमि

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  134 पटक हेरिएको

काठमाण्डौं, असोज २८ ।  

नेपालमा आज २६३८ जना संक्रमित थपिएका छन् । यो हिजोको भन्दा झण्डै एक हजारले कमी हो । १३९४७ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित पुष्टि भएका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या कुल एक लाख १७ हजार ९९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ३६७ पुगेको छ । संस्थागत आईसोलेसनमा १४ हजार ८१९ जना रहेका छन् ।

होम आईसोलेसनमा २१५४८ रहेका छन् । आज २१७४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ जना रहेका छन् ।

आज उपत्यकामा जम्मा १ हजार ४०३ जना संक्रमित थपिएका छन् । आज काठमाण्डौ जिल्लामा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ संक्रमित थपिएका हुन् । यति नै भए पनि देशभर संक्रमित मध्य झण्डै ६० प्रतिशत उपत्यकामा मात्रै थपिएका छन् । उपत्यकामै संक्रमितले आईसोलेसन र अस्पतालमा उपचार पाउन कठिन हुदै गएको छ । नेपालमा आज २६३८ जना संक्रमित थपिएका छन् । यो हिजोको भन्दा झण्डै एक हजारले कमी हो । १३९४७ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार