फुकुओका, अक्टोबर १३ ।
जनजातिहरूको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ, क्यूशु क्षेत्रीय कार्यसमिति फुकुओका, जापानले हिजो अक्टोबर १२ तारिकको दिन फुकुओकाको हाकाता सिमीन सेन्टरमा आयोजित पहिलो रनिंग कप भलीबल प्रतियोगिता २०१९ सफलता पूर्वक सम्पन्न भएको छ ।
बिश्वभरी छरीएर रहेका जनजातिहरूको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ नेपाल सरकारबाट मान्यता प्राप्त पुरानो संस्था हो । जापानको फुकुओकामा पनी बाल्को उपस्थिति रहेको जनजातिहरूले बिगत ३ बर्ष अगाडी मात्र नेपाल आदिवासी जनजाति महासंघ, क्यूशु क्षेत्रीय कार्यसमितिको गठन गरेको थियो।
बिगतका दिनमा निष्क्रिय रहेको महासंघ पछिल्लो समय आदिवासीहरूको बिभिन्न संस्थाका अध्यक्षहरू र बौधिक बर्गको संलग्नता रहने गरी नया कार्यसमिति पुनर्गठन गरीसकेपछी भने फुकुओकामा सक्रिय भूमिकामा रही नेपाल र नेपालीहरूको पहिचान र अस्तित्वलाई जापानिजहरू सामु बिभिन्न गतिबिधि तथा कार्यक्रमहरू गरी प्रचारप्रसार गर्ने रणनीतिका साथ अघि बढिरहेको छ । पुनर्गठित कार्यसमितिबाट छोटो समय मैं नेपाल र जापनिज नागरिकहरुको मन जित्ने गरी कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।
केही महीना अगाडी मात्र नेपाल आदिवासी जनजाति महासंघ , क्यूशु कार्यसमितिले जापान रेडक्रस सोसाईटीसंगको सहकार्यमा फुकुओकाको सिमीन सेन्टर र हाकतामा ५०-६० जना नेपालीहरूको उपस्थितिमा फुकुओका मैं पहिलो पटक बृहत् रक्तदान जीवन दान कार्यक्रम आयोजना गरेर जापनिजहरू माँझ आफ्नो छाप छोड़न सफल भएको महासंघले हिजो एक प्रतिष्ठित कार्यक्रम भलिबल विवादरहित सम्पन्न गरेको थियो ।
योजनाबद्ध तरिकाले अघि बढेको महासंघको दोस्रो कार्यक्रम भलिबल प्रतियोगितातामा ११ टिमले आफ्नो टिम दर्ता गरेको थियो । तर जापानको पछिल्लो मौसम र हगिबिस ताईफुका कारण सबै टिम उपस्थित हून सकेको थिएन ।
८ टिमको उपस्थितिमा हाकाताको सिमीन सेन्टरमा दिनको १२ बजेबाट बेलुकि ८ बजेसम्म संचालित भलिबल प्रतियोगिता ४ टिम सेमिफाईनलमा पुगेको थियो । आयोजक नेफ़िन टिम सहित तमुधि क्यूशु, ओहाशि भिसि, एभेरेष्ट भिसि, सिकेजी भिसि, ओगोरी भिसि, राप्ती भिसि र KIEC ईगल्स भिसि प्रतिसपर्धामा उत्रिएको थियो भने वाजीरो भिसि, श्रीगणेश खुकुरी भिसि र घुम्टो यूथ क्लब भिसि भने खेलमा उपस्थित भएको थिएन ।
आयोजक टिम नेफ़िन र राप्ती भिसि शुरूवाति दुई खेल हार्दै गेमबाट बहिरीएको थियो । सेमीफाईनलमा पुग्न सफल ४ टिम तमुधि क्यूशु, सिकेजी भिसि, ओगोरी भिसि र एभेरेष्ट भिसिमा फाईनलको लागी पोल ए को बिजेता ओगोरि भिसि र पोल बिको उपबिजेता एभरेष्ट भिसि बिच र अर्को पोल बिको बिजेता सिकेजी भिसि र पोल एको उपबिजेता तमुधि क्यूशु भिसि बिच सेमीफाईनल खेल भएको थियो ।
निकै प्रतिसपर्धात्मक सेमीफाईनल भने दुबै उपबिजेताले जितदै एभरेष्ट भिसि र तमुधि क्यूशु फाईनलमा पुगेको थियो भने सेकेण्ड रनर अफको लागी भने ओगोरि र सिकेजी बिच खेल हुने भएको थियो । तर आयोजकले बेलुकि ८ बजेसम्म मात्र हल बुक गरेको र समय नपुग भई फाईनल खेल भने हून सकेन ।
उपस्थित सबै खेलाडी र आयोजकको सहमतिमा चिट्टा प्रक्रियाबाट बिजेता, उपबिजेता र सेकेण्ड रनर अफ छनोट गरेको थियो । अन्त्यमा पोल एको उपबिजेता तमुधि क्यूशु खुला रनिंगकप भलिबल प्रतियोगिता २०१९ को बिजेता बनेका थिए भने पोल बिको उपबिजेता एभरेस्ट युनाईटेड फस्ट रनर अफ र सिकेजी सेकेण्ड रनर अफ भएका थिए । बिजेताले एक लाख पाँच हजार जापनिज येन, ट्रफ़ी, मेडल र प्रमाणपत्र हात पारेका थिए भने फ़स्ट रनर अफ ले पनी १ लाख ५ हजार जापनिज येन, मेडल, ट्रफ़ी र प्रमाणपत्र पाएका थिए । त्यस्तै सेकेण्ड रनर अफले १५ हजार जापनिज येन, ट्रफ़ी, मेडल र प्रमाणपत्र पाएका थिए ।
त्यस्तै उत्कृष्ट खेलाडिको उपाधि भने सन्तोष क्षेत्रीले हात पारेको थियो । आयोजक कमिटिले रेफ्रीको भूमिकामा कार्यक्रम सफल पार्न सहयोग गरेको भन्दै एमपायर सन्तोष बिक र एमपायर सुनिल थापालाई मायाको चिनोले सम्मान गरेको थियो ।
फुकुओका स्थित रहेका एनआरएनए क्यूशुका संयोजक देवराज उप्रेती लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा आयोजितउक्त कार्यक्रममा पुरस्कार वितरण भने महासंघका अध्यक्ष भिम बहादुर गुरुङ, महासंघका महासचिब रोशन राई सचिब सन्तमान शाक्य एनआरएनए क्यूशुका सचिब अर्जुन थापा महासंघका सचिन नेम्बांग, अलिशा लामा लगायतले गरेका थिए ।
सहमतिमा गोलाप्रथा गरेको हुनाले सेमीफाईनल खेलेका ओगोरिले पनी १५ हजार जापनिज येन हात पारेको थियो । उत्कृष्ट खेलाडीको पुरस्कार भने संतोस छेत्रीले हात पार्न सफल भएका थिए ।
उक्त पहिलो रनिंग कप भलिबल २०१९ सफल बनाउनको लागी फुकुओका स्थित रहेका बिभिन्न होटेल रेस्टूरेन्ट तथा कम्पनीले खेलमा प्रयोजन गरेका थिए । प्रमुख प्रायोजकमा फुकुओका ओहाशी स्थित रहेका बज्र नेपाली रेस्टूरेन्ट , सह-प्रायोजकमा क्योदाई रेमिट्यान्स हाकाता, घिसिंग हलाल कम्पनी, ससुराली नेपाली रेस्टूरेन्ट र अन्य व्यक्तिगत प्रायोजकमा पुष्पा पौडेल, ज्योति केसि, दिपक थापा र रमेश कुंवर रहेको आयोजक कमिटिले जनाएको थियो । यस्तै मिडिया पार्टनरको रूपमा साझा पोष्ट जापान, भिजन अनलाईन न्युज फुकुओका, हेल्पिंग ह्यान्ड जापान, बिहानि अनलाईन र मात्रीसन्देश रहेको जानकारी गराएको थियो ।
त्यस्तै आयोजक टिम नेफ़िनका खेलाडीहरूलाई क्योदाई रेमीट्यान्स हाकाताले टिसर्टको व्यवस्था गरेको थियो ।
रनिंगकप भलिबलको भिडियो हेर्न तल क्लिक गर्नुहोस