
काठमांडौ, असोज २७ । बिश्वभरी छरीएर रहेको धादिंग जिल्लाका नेपालीहरुको साझा संस्था अन्तराष्ट्रीय धादिंग समाजको हिजो बिशेष कार्यक्रमका साथ प्रथम अधिवेशन सम्पन्न भएको छ । विभिन्न देशमा छरीएर रहेका धादिङगेलिहरुको साझा संस्था अन्तराष्ट्रीय धादिंग समाजको अधिवेशन धादिंग जिल्लाको पूर्व मन्त्रि, सांसदहरुको उपस्थितिमा हिजो सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा धादिंग जिल्लाका स्थानीय पत्रकारहरुको पनि सहभागिता रहेको थियो । यस्तै बिभिन्न क्षेत्रमा टेवा पूर्याउने व्यक्तित्वहरूलाई प्रमाणपत्रका साथ सम्मान पनि गरेका थिए ।
बिगत केही बर्ष अगाडी गठित अन्तराष्ट्रीय धादिंग समाजले हिजो प्रथम अधिबेशन गर्दै धादिंग समाज यूएईका सल्लाहकार नानूकाजी अर्यालको नेतृत्वमा सर्वसम्मत नया कार्यसमिति चयन गरेका छन । उक्त कार्यक्रममा प्रतिष्ठित कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरीएको थियो । नबगठित अन्तराष्ट्रीय धादिंग समाजका निर्वाचित सम्पूर्ण पदाधिकारी ज्यूहरूलाई भिजन अनलाईन न्युज परिवार हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।
