उपत्यकामा २१२९ सहित देशभर ३५५६ जना संक्रमण पुष्टि, कुल संक्रमित १,१५,३५८ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  360 पटक हेरिएको

काठमाण्डौं, असोज २७ ।   

नेपालमा आज ३५५६ जना संक्रमित थपिएका छन् । १५५७७ जनामा गरिएको परीक्षणका क्रममा ३५५६ जना संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ । संस्थागत आईसोलेसनमा १५ हजार ४८ जना रहेका छन् ।

आज १५ सय ३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ७८ हजार ७८० जना रहेका छन् ।देशकै सबै भन्दा ठुलो कोरोनाको हटस्पट बनेको राजधानी काठमाण्डौं उपत्यकामा आज पनि दुई हजार माथि संक्रमित थपिएका छन् । आज उपत्यकामा २ हजार एक सय २९ जना थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज काठमाण्डौमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना रहेका छन् । यो देशभर थपिएका संक्रमितको ६० प्रतिशत हाराहारी हो । सबै भन्दा बढी जनघनत्व रहेको उपत्यकामा दिन दिनै बढेको कोरोना संक्रमणका कारण पुनः लकडाउन र नाका सील गर्नु पर्ने माग बढुदै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार