हमासद्धारा २० ईजरायली बन्धकको आज रिहाई, शान्तिसँगै युद्ध समाप्त भएको अमेरिकि राष्ट्रपति ट्रम्पको भनाई

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  87 पटक हेरिएको

गाजा, असोज २७ ।

हमासले बन्धक बनाएका मध्ये २० जनालाई सोमबार रिहा गरेको छ । युद्धविराम सम्झौता अनुसार हमासले सोमबार २० जना बन्धकलाई रेडक्रस मार्फत् इजरायली सेनाको जिम्मा लगाएको बीबीसीले जनाएको छ । उनीहरूलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायली सीमा क्षेत्रमा भएको आक्रमणका क्रममा अपहरण गरेर गाजा पुर्‍याएको थियो ।

हमासले २० जना बन्धक रिहा गरेसँगै सम्झौता अनुसार इजरायलले २५० जना प्यालेस्टिनी कैदी र १७०० भन्दा बढी बन्दी रिहा गर्नेछ । हमासले बन्धक रिहा गर्ने सहमतिपछि नेपालका विपिन जोशीको रिहाइ हुने अपेक्षा गरिएको थियो । तर, हालसम्म जोशीको अवस्थाबारे यकिन विवरण प्राप्त भएको छैन । उनलाई पनि हमासले २०२३ अक्टोबर ७ मै अपहरण गरेर बन्धक बनाएको थियो । हमासले रिहा गरेका बन्धकहरूलाई रेडक्रसको मद्दतमा गाजाका विभिन्न स्थानबाट इजरायल ल्याइएको हो ।

हालै हमासको नियन्त्रणबाट रिहा भएका बन्धकहरूको तस्वीर इजरायली सेनाले सार्वजनिक गरेको छ । जसमा जुम्ल्याहा दाजुभाई गली र जि बर्मन समेत रहेका छन् । उनीहरू रिहाइको खुशीमा आपसमा अंकमाल गरिरहेका देखिन्छन् । रिहाइपछिका तस्वीरमा बन्धकहरू इजरायली सैनिकसँग कुरा गरिरहेको पनि देखिन्छ । २ बर्ष लामो युद्धलाई अमेरिकि राष्ट्रपनि डोनाल्ड ट्रम्पको सक्रियता र संयोजकमा युएन मार्फत ईजरायलि बन्धकलाई हमासले ईजरायली सेनाको जिम्मा लगाएको हो ।

यसै सम्बन्धमा आज अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पको संयोजकमा मिस्रमा पिस समिट समेत भईरहेको छ । उक्त पिस समिटमा भारत, अमेरिका लगायतका मिडल ईष्ट र युरोपियन देशका प्रतिनिधिहरुको संलग्नता रहेको बिबिसिले जनाएको छ । हमासद्धारा २० ईजरायली बन्धकको आज रिहाईसँगै युद्ध समाप्त भएको अमेरिकि राष्ट्रपति ट्रम्पको भनाई ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार