कोरोना संक्रमणबाट साईतामा केनमा बाग्लुङका मोहन गौतमको निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  121 पटक हेरिएको

जापान, असोज २७ । 

जापानमा पुन: कोरोना संक्रमणबाट एक नेपालीको निधन भएको छ । दशैको मुखैमा बाग्लुङ्का एक पुरुषको मंगलवार साझ जापानमा मृत्‍यु भएको हो  ।बाग्लुङ नगरपालिका  वडा नम्बर ७ गैरागाउँ  घर भै हाल जापानको साईतामा केनमा परिवारसंग बस्दै आएका मोहन प्रसाद गौतमको मृत्‍यु  भएको हो ।  

झन्डै दुई महिना पहिले कोभिड  संक्रमित हुँदा केही दिन अस्पताममा उपचार पश्चात निको भै घर फर्किएको र केहीदिनमा पुन स्वास्थ्यमा समस्या देखिएपछी अस्पातल पुगेका गौतमको कोरोनाले फोक्सोमा असर गरेकोले मृत्‍यु भएको बताईएको छ   

गौतमको मृत्‍यु कोरोनाले भएकोले दाहसंस्कार स्थानीय सरकारको तर्फबाट यही शनिबार हुने पारिवारिक स्रोतले जनाएको छ ।  

करिब ७ वर्ष पहिले देखि जापानमा दक्ष कामदार(कुक) भिषामा रहेका गौतमका श्रीमती र एक  छोरा जापानमै रहेका छन् भने एक छोरी र दुई  छोरा नेपालमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार