हगिबिसको बिध्वम्स जापान हगिबिस ताईफुको पछिल्लो अपडेट

  भिजन अनलाईन न्यूज संवाददाता प्रकाशित:  792 पटक हेरिएको

जापान अक्टोबर १२ । जापानमा आज बिहानबाट प्रवेश गरेको हगिबिस नाम दिएको ताईफु १९ ले जापानको ९ प्रीफ़ेक्चरमा बिध्वम्स मच्चाएको छ । जापानको मौसम विभागका अनुसार यसको गति अझ बढ़न सक्ने भएकोले सबैलाई अलर्ट रहन ईमरजेन्सि अलार्मद्वारा जानकारी गराईरहेको छ ।

प्रभावित क्षेत्रमा ५/५ मिनेटको अन्तरालमा ईमरजेन्सि अलार्मद्वारा जानकारी दिएको हो । पछिल्लो जानकारी अनुसार जापानको टोक्यो लगायत कानागावा, इबाराकि, चिवा, साईतामा, तोचिगी, शिजुओका, यामानासी र गन्मा केनमा अधिक वर्षाका साथसाथै आएको हावाहुरीले धेरै धनजनको क्षेती पूर्याएको जापान समाचार माध्यमहरूले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कानागावा प्रिफेक्चरमा बेलुकि ८ बजेसम्म १००० मिलिलिटर वर्षा भएको छ । यो ४८ घण्टादेखीको लगातारको वर्षा हो । आईतबार बेलुकिसम्म कान्तो क्षेत्रमा २५० मिलीलीटर वर्षा भएको र कोषिन तथा इजु आइसल्यान्डमा २०० मिलीलीटर वर्षा भएको जापान मौसम विभागले जनाएको छ । यस्तै आइसल्यान्ड क्षेत्रमा १६२ प्रतिघण्टाको बेगमा हावाहुरी चलेको छ भने कान्तो क्षेत्रमा १४४ प्रतिघण्टाको बेगमा हावाहुरी चलेको मौसम फरकास्टले देखाएको छ ।

आइतबार बिहान १२:१५ बजेसम्म कान्तो र सिजुओका क्षेत्रका ४३०९०० घरधुरीमा बिधुतसेवा ठप्प भएको छ । यस्तै नगानो प्रिफ़ेक्चरको चिकुमा नदीमा आएको बाढ़ीले ३ वटा कार बगाएको छ भने कार भित्र भएको ३ जनालाई रेस्क्यू गरी बचाएको छ भने बाकि ३ जना बेपत्ता भएको छ । त्यस्तै सेनदाई सिटीको मियागि प्रीफ़ेक्चरमा हिरोज़ा नदिने बगाएर १ जना हराईरहेको छ । त्यस्तै फुकुशीमामा पनी पहिरोलेघर पुर्दा २ जनाको निधन भएको छ । टोक्योको उत्तरी क्षेत्र चिवामा हावाले कार उड़ाऊदा कारमा सवार १ जनाको निधन भएको छ ।

Sendai Area

गुन्मा प्रीफ़ेक्चरको टोमीयोका सिटीमा पनि २ घर पहिरोले पुरेको छ पहिरोमा परी १ जनाको मृत्यु भएको छ भने २ जना हराईरहेको छ । यस्तै सिजुओका प्रीफ़ेक्चरमा पनि १ जना हराईरहेको छ । हालसम्म बालबालिका सहित ८० जना घाईते भएको जानकारी प्राप्त भएको छ ।

पर्यटकको लागी विशेष टेलिफोन हर्टलाईन सेवा

जापनिज भाषा नबोल्ने वा नबुझने बिदेशी पर्यटकहरुको लागी निशुल्क हर्टलाईन टेलिफोन सेवाको सुचारु गरेको छ । उक्त हर्टलाईन सेवा प्रयोग गर्नेले विभिन्न भाषा कोरियन, चाईनिज र अंग्रेजी भाषामा बिभिन्न जानकारी लिन सकिने पनि टोक्यो महानगरपालिकाले जनाएको छ । उक्त सेवा लिनको लागी निशुल्क हर्टलाईन नम्बर 050-3816-2787(०५०-३८१६-२७८७) रहेको छ । यस्तै जापान भ्रमणमा रहेको पर्यटकहरूलाई सुरक्षाको मध्यनजर गर्दै टोक्यो महानगरपालिकाले बस्ने सेल्टरको पनी ब्यबस्था गरेको जानकारी गराईएको छ । उक्त सेल्टरको लागी टोक्यो महानगर भित्र the Tokyo bunka kaikan भवनमा व्यवस्था गरेको पनि टोक्यो महानगरले जानकारी गराएको छ ।

ताईफु प्रभावित क्षेत्रमा फ्री इमर्जन्सी वाईफाई

जापानमा हाल आईरहेको हगिबिस ताईफुलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रको स्थानीय लगातार पर्यटकहरूलाई आफन्टहरूसंग सम्पर्क बनाईराख्न टेवा पूगोस भन्ने उधेश्यले उक्त क्षेत्रमा इमर्जन्सी फ्री वाईफाई सेवा दिएको मोबाई सेवा प्रदायक कम्पनीले जनाएको छ । हाल ताईफु प्रभावित क्षेत्रको ४३०९०० घर धुरी बिधुत र टेलिफोनसेवाबाट बंचित भएका छन ।

जापानमा हाल ताईफुबाट प्रभावित क्षेत्रमा हवाईसेवा, ट्रेन लगायतका सम्पूर्णसेवा ठप्प भएको छ ।

Sendai Area

यस्तै उक्त ताईफुलाई मध्यनजर गर्दै प्रधानमन्त्रि आबेसान र ऊहाको क्याबिनेट पनि अलर्ट अवस्थामा रहेको आबेसानले ट्विटर मार्फ़त जानकारी गराएको छ र मातहातको सम्पूर्ण निकायलाई परिचालन गरेको पनि जानकारी गराएको छ । यस्तै जापानमा भई रहेको रूग्बि बिश्वकप गेमको पनि मिति सारीएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार