पछिल्लो २४ घण्टामा ४०४७ जना कोरोना संक्रमित पुष्टि, ९ जनाको निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  472 पटक हेरिएको

काठमाण्डौं,असोज २६ ।   

नेपालमा आज मात्रै ४०४७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १४,५३० जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या एक लाख ११ हजार ८०२ पुगेको छ ।

आज १४७३ कोरोनामुक्त भएर जना डिस्चार्ज भएका छन् । यो सगैँ डिस्चार्ज हुनेको कुल संख्या ७७२७७ पुगेको छ । पुगेको छ । यस मध्य अब ३३८८० सक्रिय संक्रमित रहेका छन् । जस मध्य संस्थागत आईसोलेसनमा १३९२३ रहेका छन् । होम आईसोलेसनमा १९ हजार बढी रहेका छन् ।

नेपालमा कोरोनाबाट मृत्यु हुने क्रम निरन्तर जारी छ । पछिल्लो २४ घण्टामा ९ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  सुनसरीमा ३ जना, काठमाण्डौमा ३ जना , ललितपुरमा १ जना, रुपन्देहीमा १ र चितवनका एक जना रहेका छन् । यो सगैँ देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ६४५ पुगेको छ । यो भनेको कुल संक्रमितको ०।५८ प्रतिशत हो । यसै गरी २७९ जनाको आईसियुमा र ६७ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार