नेपालमा आज मात्रै २०७१ जना कोरोना संक्रमित पुष्टि, कुल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  70 पटक हेरिएको


काठमाण्डौं, असोज २५ । 

नेपालमा आज मात्रै २०७१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२,४२७ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या एक लाख ७ हजार ७५५ पुगेको छ ।

यस मध्य अब ३१३१५ सक्रिय संक्रमित रहेका छन् । जस मध्य जना संस्थागत आईसोलेसनमा १३६४९ रहेका छन् । होम आईसोलेसनमा १६६६१ जना रहेका छन् । आज १५५२ कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यो सगैँ डिस्चार्ज हुनेको कुल संख्या ७५८०४ पुगेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार