काठमाडौंबाट घान्द्रुक गएको जीप दुर्घटना ८ जनाको मृत्यु, एक घाइते (नामावली सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  102 पटक हेरिएको

पोखरा, असोज २५ । 

पोखराबाट गएको जीप घान्द्रुकमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृतक जीप चालक बाहेक सबै २५ वर्ष मुनीका युवायुवती छन् । प्रारम्भिक जानकारी अनुसार उनीहरु दशैंका बेला काठमाण्डौबाट पदयात्राका लागि पोखरा आएका समूह हुन् ।

प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण ५ नयाँपुल बस्ने ४२ वर्षिय खुसीमान क्षेत्री छन् । यस्तै, यात्रुहरु काठमाडौं ३ गोंगबुका १८ वर्षिय जिनलव घिसिङ, २४ वर्षकी सुजा चौधरी, बर्ष २० की लिजा चौधरी, बर्ष २० का सुमन चौधरी, बर्ष २२ को अछुतम काफ्ले, बर्ष १८ को आशिष आले र गोरखा घर भई हाल काठमाण्डौ ३ गोंगबु बस्ने बर्ष २७ को विनय क्षेत्री छन् ।

पोखरा हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो । जीपमा चालक सहित ९ जना यात्रु सवार थिए । अहिले घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्धार गरिरहेको छ । घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जीप तल हुँदु भन्ने स्थानमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । कलाभीरमा निकै अप्ठेरो बाटो छ ।

घटनास्थल पुगेको प्रहरीले शवको मुचुल्का उठाई परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा ल्याइरहेको छ ।

   

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार