पुनर्निर्माणका लागि साउदी फण्ड फर डेभलप्मेन्टको आर्थिक सहयोग

मिशन पुननिर्माण

  भिजन अनलाईन न्यूज संवाददाता प्रकाशित:  645 पटक हेरिएको

काठमाण्डौँ असोज, २४ । २०७२ साल बैशाख १२ गतेको दिन आएको ७.५ रेक्टर स्केलको बिनाशकारी भूकम्पबाट क्षतबिक्षत भएको निजि आवास, बिद्यालय, सार्वजनिक भवन , सम्पदाहरु र बिद्यालयको पुनर्निर्माण भईरहेको अवस्था छ । विभिन्न दातृनिकायहरुको सहयोगमा पुननिर्माण भईरहेको नेपालको भूकम्प पश्चातको पुननिर्माण हालसमम जारी रहेको छ ।

Image may contain: 7 people, people smiling, suit and indoor

पुननिर्माणको लागि बजेट प्रयाप्त नभएकोले सम्पूर्ण क्षेत्रको पुननिर्माण सम्पन्न गर्न आर्थिक अभाव रहेको राष्ट्रिय पुननिर्माण प्राधिकणले जनाएको छ ।

पुननिर्माणमा आर्थिक अभावलाई परिपूर्ति गर्नको लागि आज अर्थ मन्त्रिको उपस्थितिमा निजी आवास, विद्यालय तथा स्वास्थ्य केन्द्र पुनर्निर्माणका लागि साउदी फण्ड फर डेभलप्मेन्टसंग सहुलियत ऋणसम्बन्धी सम्झौता पत्रमा अर्थसचिव डा.राजन खनाल र फण्डका उपाध्यक्ष र प्रबन्ध निर्देशक डा.खालेद विन सुलेइमान अलखुडायरी हस्ताक्षर गरेको हुन ।

Image may contain: 8 people, indoor

भूकम्पबाट क्षतिग्रस्त निजी आवास, विद्यालय तथा स्वास्थ्य केन्द्र पुनर्निर्माणका लागि साउदी फण्ड फर डेभलप्मेन्टले प्रदान गर्ने ११२.५ साउदी रियालको सहुलियत ऋणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको हुन ।

यहाँ भन्दा अगाडि पनि राष्ट्रिय पुनर्निर्मण प्राधिकरणले नर्वे सरकारको करिब ८० लाख अमेरिकी डलर सहयोगपत्रमा दुई पक्षीय समझदारी भई आर्थिक सहयोग पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्बन्धित समाचार यो पनि पढ्नुस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार