६४ औँ प्रहरी दिवश धादिङ्गमा विभिन्न कार्यक्रम गरि मनाईयो

६४ औँ प्रहरी दिवश

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  367 पटक हेरिएको

धादिङ आश्विन ‚ २४। मिति २०७६।०६।२४ गते विहान ०८:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा एक बिषेश कार्यक्रम गरि सम्पन्न भएको छ ।

Image may contain: plant, flower, tree and outdoor

जिल्ला प्रहरी कार्यालय धादिङको प्राङगणमा “६४ औँ प्रहरी दिवश” २०७६ को अवसरमा धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री अस्मान तामाङज्यूको अध्यक्षतामा‚ प्रमुख अतिथि जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालज्यु‚ बिशेष अतिथि निलकण्ठ नगरपालिकाका नगर प्रमुख श्री भिम ढुङगानाज्यू‚ बिशेष अतिथि निलकण्ठ नगरपालिकाका उप-नगर प्रमुख श्री मनराज भण्डारीज्यू‚ नेपाली सेना देवीदत्त गण सुरक्षा गुल्म धादिङबेशीका सेनानि सुदर्शन के.सी.ज्यू‚ जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्री रुपक खड्काज्यु‚ अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीज्यू‚ जिल्ला स्थित रहेका सरकारी तथा गैर सरकारी संघ सस्थाका प्रमुख तथा प्रतिनिधी‚ बिभिन्न राजनितिक पार्टीका प्रमुख तथा प्रतिनिधिज्यूहरु‚ पुर्व प्रहरी संगठन धादिङका अध्यक्ष तथा प्रतिनिधिहरु‚ अमर प्रहरी परिवारका सदस्यहरु‚ संचारकर्मी‚ प्रहरी अधिकृत तथा जवानहरु लगायत अं.१५० जनाको उपस्थितिमा ६४ औँ प्रहरी दिवश” २०७६ कार्यक्रम सम्पन्न गरिएको धादिङ्ग प्रहरीले जनाएको छ ।

Image may contain: 6 people, outdoor

साथै उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्री रुपक खड्काले स्वागत मन्तव्य एवं संगठन प्रमुख प्रहरी महानिरीक्षक श्रीमान सर्बेन्द्र खनालज्यूबाट प्रहरी दिवसको अवसरमा प्राप्त शुभकामना सन्देश बाचन बाचन गरेर सुनाईएको थियो ।

त्यसै गरी बिर अमर प्रहरीहरु प्रति प्रमुख अतिथिज्यू लगायत उपस्थित सम्पूर्ण महानुभावहरुले अमर प्रहरी स्मारकमा पुष्पाहार (रेत) तथा पुष्पगुच्छा चढाई अमर प्रहरीहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको धादिङ्ग प्रहरीले जनाएको छ ।

Image may contain: 2 people, tree, shoes, crowd and outdoor

प्रहरीलाई निर्दिष्ट कार्यहरु सम्पादन गर्न बिशेष योगदान पुर्याथउनु हुने संस्था एवं बिशिष्ट व्यक्तित्वहरु र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई कदर पत्र प्रदान समेत गरिएको थियो ।

Image may contain: 1 person, standing, outdoor and food

सो कार्यक्रमको अवसरमा पुर्व प्रहरी संगठनका जिल्ला अध्यक्ष भरत प्रसाद खतिवडाज्यू‚ निलकण्ठ नगरपालिकाका प्रमुख श्री भिम ढुङगाना ज्यू‚ जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल ज्यू र जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी श्री अस्मान तामाङ ज्यू लगायतले आ-आफ्नो छोटो मन्तव्य समेत व्यक्त गर्नु भई सो कार्यक्रम विहान अं.०९:३० बजेको समयमा समाप्त भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार