काठमाण्डौ असोज, २४ । नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
चिनिया राष्ट्रपति सिको भ्रमण ब्यबस्थापन र सुरक्षा ब्यबस्थापनलाई ध्यान दिदै भोलि र पर्सी दुई दिनको लागी हुने सिको भ्रमणमा शनिबार सार्वजनिक बिदा भए पनि आईतबार पनि बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयको प्रस्तावमा सरकारले आइतबार सार्वजनिक बिदा दिन लागेको हो । यसको औपचारिक जानकारी भने हुन बाँकी छ ।
भारत र चीनका राष्ट्रपति आउँदा सार्वजनिक बिदा दिने निर्णय यसअघि नै भैसकेकाले आइतबार पनि बिदा हुने एक मन्त्रीले उज्यालो अनलाइनलाई जानकारी दिए ।
चिनियाँ राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदै हुनुहुन्छ । नेपाल सरकारले चिनिया राष्ट्रपति सि आउदा विविध विषयमा छलफल तथा विकासका आयोजनाहरूमा हस्ताक्षर गर्ने भएको छ ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस् ।