टोक्यो जापान अक्टोबर १० । जापानी मौषमविद्हरुले यो सिजनको १९ औ ताइफु हगिविसको सामनाका लागि आवश्यक तयारीहरु गर्न आग्रह गरेका छन् । शुक्रबारदेखिनै आफ्नो प्रभाव देखाउने अनुमान गरिएको शक्तिशाली ताइफु शनिवार पूर्वि जापानको नजिकै आउने र शनिवार तथा आइतबार टोकियो सहित जापानको ठूलो क्षेत्रमा असर पार्ने बताइएको छ ।
जापान मेटोरोलोजिकल एजेन्सीले विहिवार दिएको जानकारी अनुसार हगिविस हाल ओगासावारा द्धिपबाट अघि बढिरहेको छ । यसको प्रभावका कारण भारी बर्षा र ठूलो हावाहुरी आउने अनुमान मौषमविद्हरुले गरेका छन् । विहिवार साँझ ६ बजेसम्म हावाको गती उच्चतम १४१ किलोमिटर प्रतिघण्टा मापन गरिएको छ । मौषमविद्हरुले चिसो हावाका कारण मौषम अस्थिर रहनसक्ने बताएका छन् ।
शुक्रबारदेखि इजु द्धिपमा २४ घण्टाभित्र १२० मिलिलिटर बर्षा हुने अनुमान छ भने कान्तो, तोकाई तथा किन्की क्षेत्रमा एक सय मिलिमिटरसम्म बर्षा हुनसक्ने अनुमान छ । त्यस्तै शनिवार अपरान्हदेखि तोकाई क्षेत्रमा ४०० देखि ६०० मिलिमिटरसम्म, कान्तो–कोशिन क्षेत्रमा ३०० देखि ५०० सम्म र किन्की क्षेत्रमा ३०० देखि ५०० मिलिमिटरसम्म बर्षा हुनसक्ने अनुमान गरिएको छ ।
यस्तै प्रकृतिको ताइफु सन् २०१३ को अक्टोबर महिनमा पनि आएको बताउँदै उनिहरुले सो बेला ६ घण्टाभित्र ६ सय मिलिलिटर बर्षा भएकाले अहिले पनि केही क्षेत्रहरुमा थोरै घण्टाभित्र भारी बर्षा हुनसक्ने भएकाले सचेत रहन भनेका छन् ।
ताइफुको ‘तिब्र बहाव’को अनुमान
मौषमविद्हरुले यो ताइफुका कारण समुद्री तटीय क्षेत्रहरुमा सनकी बहावको सम्भावना रहेको बताएका छन् । यो बहाव सामान्य भन्दा दुई गुणा बलियो हुने बताइन्छ । यस्तै प्रकृतिको बहावले सन् २०१२ मा मध्य जापानको आतामीमा १७ जना घा*इते बनाएको थियो जसमध्ये २ जनाको ज्यान गएको थियो ।
सचेत रहन जापान सरकारको आग्रह
जापान सरकारले जापानमा बसोबास गरिरहेका विदेशी नागरिक तथा पर्यटकहरुलाई सतर्क रहन र सूचना तथा जानकारीहरु लिइरहन विशेष आग्रह गरेको छ । विदेशीहरुका लागि उपलव्ध स्मार्टफोन एप तथा वेवसाइट तथा टेलिभिजनमार्फत सूचना लिन सरकाले आग्रह गरेको हो । विहिवार भएको एक पत्रकार सम्मेलनमा न्याय मन्त्री काचुयुकी खावाइले विदेशीहरुमाझ सूचना सम्प्रेसण गर्न मातहतका निकायहरुलाई अह्राएको बताएका छन् । उनले स्थानीय निकायहरुले तयार पारेका जानकारीहरु पढ्न तथा जापान टुरिजम एजेन्सीले तयार पारेको वहुभाषिक मोवाइल एप प्रयोग गर्न सुझाएका छन् ।
सम्पूर्ण उडान रद्द
शक्तिशाली ताइफुका कारण आउनसक्ने सम्भावित जो*खिमलाई मध्यनजर गर्दै अल निप्पोन एयरवेजले हानेदा तथा नारिता विमानस्थलबाट आउने जाने सबै उडानहरु रद्द गरेको छ । आनाका लगभग ३७० वटा उडानहरु रद्द भएका छन् । आनाले ओशाका तथा च्युवु अन्तराष्ट्रिय विमानस्थलमा आउने–जाने आन्तरिक उडानहरु पनि रद्द हुनसक्ने बताएको छ ।
त्यस्तै जापान एयरलाइन्सले हानेदा, ओशाका तथा च्युवु जोड्ने ६ आन्तरिक उडानहरु रद्द गरेको छ भने अन्य पनि रद्द हुनसक्ने बताएको छ । अन्य एयरलाइन्सहरुले पनि शनिवार र आइतबार आन्तरिक उडानहरु रद्द हुनसक्ने बताएका छन् ।
शिनकानसेन पनि रोकिन सक्ने
ताइफुका कारण शिनकानसेन बुलेट ट्रेनहरु पनि रोकिने वा थोरै चल्नसक्ने छन् । सेन्ट्रल जापान रेल्वे कम्पनीले टोकियो र शिन–ओशाकावीच चल्ने तोकाइदो शिनकानसेन ट्रेनहरु कम गरिने वा रद्द हुनसक्ने बताएको छ । त्यस्तै सान्यो शिनकानसेन अन्य भन्दा अघि नै रद्द हुनसक्ने बताइएको छ भने ताइफुको असर हेरेर अन्य लाइनहरु पनि रद्द हुनसक्ने बताइएको छ ।
जापान रेल्वे वेष्टले शिन–ओशाका र ओकायामावीच चल्ने सान्यो शिनकानसेन ट्रेन शनिवार विहान रोक्ने बताएको छ । दुवै रेल्वे कम्पनीहरुले आधिकारिक जानकारी शुक्रबार दिने बताएका छन् ।
त्यस्तै इस्ट जापान रेल्वे कम्पनीले टोकियो लगायतका क्षेत्रमा चल्ने आफ्नो ट्रेन सेवा रोक्नेबारे सोचिरहेको र शुक्रबार नै वेवसाइटमार्फत जानकारी दिने बताएको छ ।
आवश्यक तयारी गर्न अनुरोध
टोकियो इलेक्ट्रिक पावर कम्पनीले टोकियो तथा आसपासका क्षेत्रमा बस्ने सबैलाई विद्युत प्रवाह बन्द भएको खण्डमा बैकल्पिक व्यवस्था गर्न भनेको छ । गत महिना आएको फाक्साई ताइफुका कारण चिवा क्षेत्रमा बिद्युत प्रवाह ठप्प भएको थियो । लामो समय लगाएर पूनः सुचारु गरिएको विद्युत अझैपनि केही घरहरुमा संचालनमा आउन नसकेको बताइएको छ ।
त्यस्तै जापानका प्रमुख टेलिकम कम्पनीहरुले पनि सेवा अवरुद्ध हुनसक्ने भन्दै आवश्यक तयारी गर्न भनेका छन् । उनीहरुले मोवाइल बेस स्टेशन र पावर चार्जका लागि आपतकालिन गाडिहरुको तयारी गरिरहेको बताएका छन् ।
जापानको उद्योग मन्त्रालयले आफ्नो ट्वीटर प्रयोग गर्दै घर तथा फर्महरुको सु*रक्षा राम्रोसंग गर्न सुझाइरहेको छ । उसले घरवरपर रहेका र ताइफुले उडाउनसक्ने चिजविजहरुलाई जतनसंग राख्न भनेको छ ।
रग्वी वल्र्डकपका २ खेलहरु स्थगित
ताइफुको सम्भावित जो*खिमका कारण जापानमा चालू रग्वी वल्र्डकप समेत प्रभावित बनेको छ । शनिवारका लागि तय गरिएका २ पुल–स्टेज म्याचहरु रद्ध गरिएकाछन् । आइची प्रिफेक्चरको टोयोटा शहरमा हुने तय भएको न्यूजिल्याण्ड र इटली विचको खेल तथा योकोहामामा हुने तय भएको इङ्ल्याण्ड र फ्रान्सवीचको खेल रद्ध भएको हो ।
हगिविस ‘सुपर ताइफु’
यसअघिका आँघिवेहरीहरुलाई सामान्यतया ‘ताइफु’ भनिनेगरेको भएपनि हगिविसलाई सुपर ताइफुको नाम दिइएको छ । २४ घण्टाभित्र हुने ताइफुको विकासलाई हेरेर कुनैपनि ताइफुलाई सुपर ताइफु मान्ने गरिन्छ ।
हगिबिस खतरा हुनुको ४ कारण
जापान सरकारले ताईफु हगिबिस खतरा रहेको चार कारण दिदै जापानका नागरिक र जापानमा बसोबास गर्ने सम्पूर्ण बिदेशी नागरिकलाई सतर्क गराएको छ ।
१. आकार(Size)
यसको गति ५४ किलोमीटर प्रति घण्टा देखी १४०० किलोमीटर प्रतिघण्टा हुनेछ । एसले ओग़टने क्षेत्र पनि ठुलो र शक्तिशाली हुनेछ ।
२. शक्तिशाली(Strengtha)
यो हगिबिस ताईफु बहने क्षेत्रको केन्द्रभागमा ९१५ देखि ९९२ hPA हुने एनएचके टेलिभिजनले जनाएको छ । यो ताईफुको प्रभाव २४ घण्टा सम्म उच्च र त्यसपछी कम हुदई जाने पनि जनाएको छ ।
३. समय(Timing)
यो समय मनसुन नसकिएकोले पनि यो खतरा रहेको बताएको छ । बाढी पहिरोको समय र चारै तिरबाट समुन्द्रले घेरेको कारण तिब्र गतिमा आउने हगिबिस अरु भन्दा खतरनाक रहेको मौसम विभागले जनाएको छ ।
४. मार्ग(Location)
यो हगिबिस ताईफु टोक्यो, चिबा, साईतामा र योकोहामा क्षेत्र हुदै आऊँने भएकोले बढ़ी खतरा रहेको मौसम विभागले जनाएको छ । केही महिना अगाडी मात्र ठुलो ताईफुको सामना गर्नु परेको यी क्षेत्रका पूर्वाधारहरू कमजोर भईसकेकोले यसबाट क्षेती धेरै हुने जनाएको छ । शनिबार र आइतबार आउने हग़िबिसबाट जोगिन सम्पूर्ण बर्गलाई सतर्क र आवश्यक सुरक्षाको तयारी गर्न भिजन अनलाईन न्युज परिवार हार्दिक अनुरोध गर्दछ । (Source: NHK Television)