अनसनरत डा गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा ८ बुँदे सहमति, डा.के.सीद्वारा भोलि अनशन तोड़ने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  144 पटक हेरिएको

काठमाडौं, असोज २४ ।   

अनसनरत डा गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनमा बसेका डा. के.सी र सरकारी पक्षबीच शनिबार राति १२ बजे ८ बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.के.सीले हस्ताक्षर गरेका छन् । सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ ।

सरकारले डा केसीको माग सम्बोधन गर्ने सहमति गरेपछि डा.के.सीले आइतबार तोड्ने बताएका छन् ।

डा.के.सी र सरकारबीच भएको सहमति


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार