ओमान विरूद्ध नेपालको खराब प्रदर्शन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  561 पटक हेरिएको

काठमाडौं असोज, २३।

पाँच देशको टी–२० श्रृखलामा नेपालले ओमानविरुद्ध खराब प्रदर्शन गरेको छ र, मात्र ६४ रनमा अलआउट भएको छ ।

टस हारेर ब्याटिङ निम्तो पाएको नेपालको सुरुवात निकै खराब रह्यो । मात्र दुई रन जोड्दा ओपनर निशान पाण्डे आउट भए । दोस्रो विकेटका लागि कप्तान पारस खड्का र आरिफ शेखले २४ रनको साझेदारी गरे । पारस व्यक्तिगत ५ रनमा आउट भए ।

त्यसपछि लगातार विकेट गुमाएको नेपाल मात्र ११ ओभरमा ६४ रनमा अलआउट भयो । नेपालका लागि आरिफले २० र दीपेन्द्र सिंह ऐरीले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार