बिश्वकप छनोट खेलमा अष्ट्रेलियासंग नेपाल ५ गोलले पराजित

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  420 पटक हेरिएको

काठमाडौं असोज, २३।

विश्वकप छनोटमा नेपालले अष्ट्रेलियासँग फराकिलो हार व्यहारेको छ । बिहीबार अष्ट्रेलियाको जिओ स्टेडियम क्यानवेरनमा भएको खेलमा अष्ट्रेलियाले जेमी म्याकलारेनको ह्याट्रिकको मदतमा नेपाललाई ५–० गोल गर्दै फराकिलो अन्तरले हराएको थियो ।

उसले सुरुवाति २३ मिनेटभित्र तीन गोल गरेको थियो । छैटौं मिनेटमा खाता खोलेका म्याकलारेनले १९ औैं मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर बनायो ।

एकपक्षीय खेलको २३ औं मिनेटमा ह्यारी सुटरले गोल गरे । त्यसपछि भने नेपालको प्रदर्शन केही सुधारियो । दोस्रो हाफको ५९ औं मिनेटमा सुटरले गोल गरे । निर्धारित समयको अन्तिम मिनेटमा म्याकलारेनले ह्याट्रिक पुरा गर्दै अष्ट्रेलियालाई ५–० को जित दिलाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार