गैर आवासिय नेपाली संघ आईसिसिको निर्वाचन अनिश्चित, प्रतिनिधि छनौटको बिबाद समाधान नगरी महाधिबेशन नगर्न परराष्ट्रको निर्देशन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  470 पटक हेरिएको

काठमाण्डौँ, असोज २३ ।  

गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले दशौं अन्तर्राष्ट्रिय महाधिवेशन निर्धारित मितिमा हुन नसक्ने बताएका छन् । बिभिन्न संचारमाध्यमहरुसँग कुराकानी गर्दै अध्यक्ष पन्तले भने, ‘अधिवेशन धेरै नै नजिक छ । छिट्टै सचिवालयको बैठक बसेर महाधिवेशनको मिति सार्छौं ।’ उनले परराष्ट्र मन्त्रालयले महाधिवेशन प्रतिनिधिको विषयमा प्रश्न उठाएर लेखेको पत्रबारे बैठकपछि नै संघले आफ्नो आधिकारिक धाराणा सार्वजनिक गर्र्ने पनि बताए ।

परराष्ट्रले पत्रमा ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएकोले पूर्वअभ्यास अनुसार गर्ने भनी उल्लेख गरेको छ । आगामी अक्टोबर २३(२५ मा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने मिति तय भएको थियो । परराष्ट्रको पत्र पछि आकस्मिक रुपमा शुक्रबार नै नेपाल फर्कन लागेका अध्यक्ष पन्तले जर्मनीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट कुराकानी गर्दै भने, ‘ परराष्ट्रको पत्रपछि एनआरएन विवाद झनै जटिल मोडमा पुगेको छ। वार्ता र संवादबाट निकास निस्कनेमा आशावादी छु ।’

स्रोतका अनुसार कार्यकाल ६ महिना थप गर्ने र सो अवधिमा महाधिवेशन सम्पन्न गर्ने संघको तयारी रहेको बुझिएको छ। ‘अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आवश्यक देखेमा तोकिएको अन्तर्राष्ट्रिय महाधिवेशनको मितिलाई पछि सार्न वा स्थगित गर्न सक्ने छ । तर यो अवधि ६ महिनाभन्दा बढी हुने छैन,’ संघको विधानमा उल्लेख छ । परराष्ट्रको पत्रले केहि बिबादित बनेको एनसिसिको निर्वाचन पनि पुन गर्ने वा निर्वाचन बदर गर्ने स्पष्ट पार्न भनि निर्देशन दिएका छन । बिबादित राष्ट्रको निर्वाचन पुन गर्नुपरेमा आईसिसिको निर्वाचन अझ पर धकेलिने देखिन्छ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

एनआरएनए आईसीसी महिला सचिबमा हङकङबाट राधिका गुरुङको उम्मेद्वारी घोषणा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार