पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ लाख नाघ्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  418 पटक हेरिएको

काठमाडौँ , असोज २३ ।  

नेपालमा कोरोनको असर झन् बढ्दै गएको छ । यसै क्रममा पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज गरिएको १३ हजार २ सय ७९ नमुना परिक्षणमा २ हजार ५९ मा कोरोना फेला परेको हो । यो संख्या हिजोको तुलनामा केही कम हो तर पनि पछिल्लो समय कोरोना संक्रमणले उपत्यकामा भने जडो नै गाड़न थालेको छ ।

उपत्यका बाहिरको तुलनामा संक्रमण संख्या उपत्यकामा दोब्बर देखिएको छ । यस्तै हाल क्वारेन्टिनमा ४७ सय ३ जना रहेका छन् ।

हाल सम्म १ लाख ६ सय ७६ जनामा कोरोना पुष्टि भइसकेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको संख्या उदगम देश चीनको भन्दा नेपालमा बढ़ी देखिएको छ ।

कहाँ कति थपिए संक्रमित र?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १४०९ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका १११६, ललितपुरका १६३ र भक्तपुरका १३० जना छन् ।

यस्तै मोरङका ८६ जना, मकवानपुरका ६७, दाङका ६५, चितवनका ५१, बाँकेका ४५, काभ्रेका ४०, कास्कीका २८, सुनसरीका २६, नवलपुरका २५, रामेछापका १९, महोत्तरीा १७, पर्साका १५, गोरखाका १२, बारा र सिन्धुली ११ जना, रौतहट र बर्दियाका ९र९ जना, झापा, तनहुँ र दैलेखका ८र८ जना, सर्लाही र धादिङका ७र७ जना तथा सिन्धुपाल्चोकका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

गुल्मी र कालीकोटका ५र५ जना, नुवाकोटका ४, खोटाङ, धनुषा, दोलखा, पर्वत, लमजुङ, अर्घाखाँची, प्युठान, रुपन्देही सल्यान र सुर्खेतका ३र३ जना, धनकुटा, बाग्लुङ, पाल्पा, रुकुम पूर्व, रोल्पा, कञ्चनपुर र कैलालीका २र२ जना तथा उदयपुर, भोजपुर, सप्तरी, सिराहा, स्याङ्जा, कपिलवस्तु, रुकुम पश्चिम,डोटी र बैतडीका १र१ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार