काठमाडौं असोज, २२।
ओमानमा जारी पेन्टाङ्गुलर सिरिज अन्तरगत आयरल्यान्डविरुद्धको खेलमा नेपालले १४६ रनको लक्ष्य पाएको छ । एक समय विशाल स्कोरतर्फ लक्ष्यित देखिएको आयरल्यान्डलाई मध्यम अंकमा रोक्न नेपाली बलरहरुले उत्कृष्ट कमब्याक गरे ।
आयरल्यान्डले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको थियो । नेपालले सुरुमै दुवै इन्डमा स्पिनर खेलाएर फरक प्रयोग गर्यो । यो निर्णय सही सावित पनि भयो, जब दोस्रो ओभरमा सन्दिप लामिछानेले विष्फोटक ब्याट्सम्यान केभिन ओब्रायनलाई पेभिलियनको बाटो देखाए ।
सन्दिपले आफ्नो अन्तिम ओभरमा गारेथ डेलानीको विकेट लिँदै आफ्नो विकेट संख्या बढाए । १८ औंभरमा फेरि अविनाशले पनि आफ्नो व्यक्तिगत दोस्रो विकेट लिए ।
नेपालले आयरल्यान्डलाई १ सय ३५ रनभित्रै समेट्ने सम्भावना देखिँदा करण केसीको अन्तिम ओभर भने महंगो बन्न पुग्यो । उनले दुई छक्का सहित १८ रन खर्चिन पुगे । यही ओभर अन्ततः दुवै टिमका लागि महत्वपूर्ण सावित भएको छ ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस् ।