जापानमा कोरोना संक्रमणकाबाट कास्की पोखराका सुर्जमान गुरुको निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  111 पटक हेरिएको

जापान, असोज २३ ।  

जापानमा कोरोना संक्रमणबाट पुन एक नेपालीको निधन भएको छ । नेपालको कास्की पोखराको लामाचौर घर भै जापानको साइतामा केनमा बस्ने ३८ वर्षीय सर्जमान गुरुङको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । दक्ष कामदार भिषा (कुक) मा कार्यरत गुरूङको कोरोना संक्रमणपछि अस्पतालमा उपचारको क्रममा शुक्रवार राती निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

जापानमा श्रीमतिसंगै बस्दै आएका मृतक गुरूङको नेपालमा आमा बुवा र छोरा रहेको बताईएको छ । लामो समयदेखि उपचाररत गुरूङको निधनपछि अस्पतालको सल्लाह बमोजिम शवको अन्तिम संस्कार गरिने बताईएको छ । मृतक गुरूङकि श्रीमति पनि कोरोना संक्रमित पछि हाल कोरोनामुक्त भएको बताईएको छ । जापानमा क़ोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या आधा दर्जन नाघिसकेको छ ।

गत शनिवार मात्र जापानको कानागावा केनको होदोगाया बस्ने नेपालको नवलपुर गैंडाकोटका केदार शर्माको कोरोना सक्रमणका कारण मृत्यु भएको थियो । त्यसै गरि गत हप्ता नै अन्य दुई जना नेपालीको असामयिक निधन समेत भएको थियो ।उनीहरुको बारेमा पारिवारिक स्रोतले विस्तृतमा जानकारी गराउन नखोजेकोले यहाँ उल्लेख गरिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार