जापानमा पुनः अर्को शक्तिशालि ताईफु–१४ प्रवेश, टोक्यो क्षेत्रमा सतर्क र आवश्यक तयारीका साथ रहन आह्वान

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  82 पटक हेरिएको

जापान, असोज २३ ।

जापानमा पुनः अर्को शक्तिशालि ताईफु प्रवेश गरेको छ । शक्तिशाली ताईफु १५ जापानको दक्षिणी समुद्री तट हुँदै जापान प्रवेश गरेको हो। जापानी मौसम विभागका अनुसार आज बिहान ७ बजेसम्ममा ताईफु कोउची केनको करिब २६० किलोमिटर पर दक्षिणी समुद्रीतट हुँदै प्रतिघण्टा १० किलोमिटरको गतीमा अघि बढीरहेको जनाएको छ ।

यस पटकको ताईफुले आसपासका दक्षिण तथा पश्चिमी जापानलाई पनि असर पार्ने आँकलन गरिएको छ । मौसम पूर्वानुमान शाखाका अनुसार शनिबार र आईताबार टोकियो क्षेत्रमा भारी वर्षा हुनेछ । वर्षाका कारण बाढीपहिरो तथा जुबानको खतरा हुने भएकाले टोकियो क्षेत्रका वासिन्दाहरुलाई पनि बेलैमा पूर्वतयारी गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार