बिदेशको भूमि जापानमा नेपालीहरुको दशै टिका भव्यताका साथ सम्पन्न(भिडियो सहित)

दशैँ फुकुओका जापान २०१९

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  2096 पटक हेरिएको

फुकुओका, जापान, अक्टेबर ९ । नेपालीहरुको महान चाड बडाँ दशैको विषेश दिन हिजो दशै टिका जापानको फुकुओकामा पनि विविध कार्यक्रम गरी मनाईयो । नेपालीहरुको महान चाड दशै नेपालीहरुको सबै भन्दा लामो पर्व हो । घटस्थापनाको दिन देखि जमरा राखी सुरु हुने दशै फुलपाती, अष्टमी, नवमी, टिका हुदै कोजाग्रत पुर्णिमाको दिन अन्त्य हुन्छ ।

फोटोः भिजन अनलाईन न्यूज

गैर आवासीय नेपाली संघ, क्यूस्यू क्षेत्रीय कार्यसमिति फुकुओका जापान परिवारको आयोजनामा बुद्ध रेष्टुरेन्टमा नेपालीहरुको बाक्लो उपस्थितिमा पण्डितको हातबाट टिका ग्रहण गरि मनाईएको थियो । उक्त टिका कायैक्रममा सहभगि हुनेहरुको लागि टिकटको व्यवस्था गरिएको थियो । सामान्य जुस सहितको नेपाली परिकारको १५०० ऐन र हार्ड ड्रिङ्गस सहितको नेपाली खाना ३००० ऐनको व्यवस्था गरिएको थियो ।

फोटोः भिजन अनलाईन न्यूज

उक्त दशै आयोजना व्यवस्थापन समितिका संयोजक सचिन नेम्वाङ्गले स्वागत मन्तव्य राख्दै आफ्नो परिवारबाट टाढा रहि विभिन्न भिषामा जापानको फुकुओका आएका नेपाली समुदायहरु विच भाईचाराको सम्बन्ध स्थापना गर्दै नेपालीहरुको बिच एकता, स्थायित्व र नेपालीहरुको कला संस्कृति र रितिरिवाजको संरक्षण गर्ने हेतुले आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गर्दै दशैँको शुभकामना दिएका थिए । त्यस्तै गैर आवासीय नेपाली संघ क्यूस्यू क्षेत्रीय कार्यसमितिका संयोजक देबराज उप्रेति ज्यूले पनि उपस्थित नेपालीहरुलाई मनोरञ्जन गरि मनाउन आग्रह गर्दै दशैको शुभकामना दिएका थिए ।

फोटोः भिजन अनलाईन न्यूज

त्यस्तै नेपाल आदिबासी जनजाती महासंघ क्यूस्यू क्षेत्रीय कार्यसमितिका अध्यक्ष श्री भीम बादुर गुरुङ्गले पनि उपस्थित नेपाली र जापनिज नागरिकहरुलाई दशैँको शुभकामना थिएका थिए भने जनसम्पर्क समिति जापान क्षेत्रिय कार्यसमितिका सभापति श्री ढिका कार्की ज्यूले पनि उपस्थित सबैलाई दशैको शुभकामना थिएका थिए । कार्यक्रम भने गैर आवासिय नेपाली संघ क्षेत्रीय कार्यसमितिका सचिब अर्जुन थापा ज्यूले संचालन गर्नुभएको थियो ।

फोटोः भिजन अनलाईन न्यूज

उक्त दशैँ कार्यक्रममा उपस्थित नेपाली तथा जापनिज नागरिकहरुलाई मनोरञ्जन दिनको लागि विभिन्न सांस्कितिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । उक्त टिका कार्यक्रममा राष्ट्रिय कलाकारहरु पुरुषोतम सिग्देल, माधव सिग्देल र सिएलएस सुनिल श्रोष्टको पनि बेजोड प्रस्तुति रहेको थियो । सांस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मा भने कार्यसमितिका सह–कोषध्यक्ष तथा गायक सिएसएल सुनिल क्षेष्ठले लिनु भएको थियो ।

फोटोः भिजन अनलाईन न्यूज

उक्त कार्यक्रममा सहभागिहरुलाई प्रदान गरिएको टिकटलाई नै चिट्टाको रुपमा प्रयोग गरि रमाईलो गर्ने हेतुले ५ जना सहभागिहरुलाई विभिन्न गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिएको थियो । उक्त गिफ्ट हयाम्परमा क्रमश वायरलेस स्पिकर, स्मार्ट आईसि मोबाईल चार्जर, ईलेक्ट्रिक किट्ली, चाईल्ड गितार र मग बोतलको समेत व्यवस्था गरिएको थियो। उक्त गिफ्ट ह्याम्पर क्रमशः किरण रिजाल, रेणु शाही, तिलि सापकोटा, दिपक बास्तोला र कमल बुढाले हातपार्नु भएको थियो । उक्त गिफ्ट व्यवस्थापनक भने कार्यसमितिका सह–सचिब बसन्त घर्ती मगर गरेको थिए ।

गैर आवासीय नेपाली संघ, क्यूस्यू क्षेत्रीय कार्यसमितिद्धारा आयोजना गरिएको दशैँ बिषेश टिका कार्यक्रममा एनएचके टेलिभिजनका फुकुओका ब्रान्च म्यानेजर, पत्रकारहरु, भिजन अनलाईन न्यूज, साझा पोष्ट जापान, हेल्पिङ्ग हयाण्ड जापानका पत्रकारहरुको पनि सहभागिता रहेको थियो ।

उक्त सांस्कृतिक कार्यक्रमका भिडियोहरु हेर्न तल क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=GqXywFHIeR8

सम्बन्धित समाचार यो पनि पढ्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार