एनआरएनए आईसिसि ११ औँ महाधिबेशनमा युकेबाट रोजिना प्रधानको महिला उपाध्यक्षमा उम्मेद्धारी घोषणा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  194 पटक हेरिएको

युके, असोज २१ । 

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्यव परिषदको आउदै गरेको आसन्न ११ औँ महाधिबेशन नजिकिदै गर्दा बिश्वका बिभिन्न देशमा बसोबास गर्नुहुने नेपाली समुदायका ब्यक्तिहरुले आफ्नो उम्मेद्धारी घोषणा गर्दै आईरहेको छ । यसै क्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युकेका पुर्व महिला उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी समेत रहिसक्नु भएका युएईबाट रोजिना प्रधान राईले पनि आफ्नो उम्मेद्धारी घोषणा गर्नुभएको छ ।

भिजनअनलाईन न्युजको अन्तराष्ट्रिय मिडिया ग्रुपमा आफ्नो उम्मेद्धाी बारे जानकारी दिदै उक्त कुराको जानकारी गराउनु भएको हो । समाजसेवी समेत रहेका युकेबासी गैरआवासीय नेपाली रोजिना प्रधान राईले आगामी महाधिबेशनमा केन्द्रिय महिला उपाध्यक्ष पदमा आफ्नो उम्मेद्धारी सार्वजनिक गर्नुभएको हो । सामाजिक संजाल तथा भिजन अनलाईन न्युजको अन्तराष्ट्रिय मिडिया ग्रुपमा आफ्ना बिज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराउनु भएको हो । निज गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आसन्न निर्वाचनमा केन्द्रिय महिला उपाध्यक्ष पदमा उम्मेद्धारी घोषणा गर्दै एक बिज्ञप्ति जारी गर्नु भएको हो ।

निज महिला उपाध्यक्षका प्रत्यासी रोजिना प्रधान राईद्धारा जारी प्रेस बिज्ञप्ति जस्ताको तस्तै तल साभार गरेको छु ।

आदरणीय समस्त गैर आवासीय नेपाली अग्रज तथा साथीहरू हजुरहरू सबैसङ्ग हार्दिक अपील गर्दछु ।

म रोजिना प्रधान राई एनआरएनएको आसन्न ११औ अन्तरास्ट्रिय महाधिवेशनमा महिला उपाध्यक्ष पदको उम्मेदवार।

सम्पूर्ण एनआरएनए ९ल्च्ल्ब्० डेलिगेट ज्यूहरूसङ्ग मत माग्दै मलाई चिन्नुहुने र बुझ्नुहुने सबै साथीहरूले डेलिगेट्स साथीहरूसङ्ग मत माग्न सहयोग गरीदिनु हुन बिनम्र अनुरोध गर्दछु। तपाईहरुको साथ, सहयोगको अपेक्षा र अमुल्य सुझावकोे लागि हार्दिक अनुरोध गर्दछु ।

धन्यवाद ।

रोजिना प्रधान राई
उम्मेदवार
एनआरएनए उपाध्यक्ष (महिला)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार